बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसियाका लगानीकर्ताले एक महिनामै गुमाए प्रतिकित्ता १ सय ७५ रुपैयाँ, बिक्रीको चापले एकैदिन २१ करोडको कारोबार

बिहीबार , चैत ९ २०७९
एनआईसी एसियाका लगानीकर्ताले एक महिनामै गुमाए प्रतिकित्ता १ सय ७५ रुपैयाँ, बिक्रीको चापले  एकैदिन २१ करोडको कारोबार

एक महिनाकै अवधिमा सेयर मूल्य प्रतिकित्ता १ सय ७५ रुपैयाँले घटेको छ। लगातार बढेर उच्च मूल्य भएको समयमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बिक्रीको चाप परेको छ। जसका कारण सेयर मूल्य घटेको हो।

काठमाडौं- लगातार बढिरहेको एनआईसी एसियाको सेयर मूल्य केही सातायता निरन्तर घटिरहेको छ। साताको अन्तिम दिन बिहीबार झनै प्रतिकित्ता ३७ रुपैयाँ घटेर ६ सय ८६ रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै २१ करोड ७४ लाख रुपैयाँ बराबर ३ लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।  

वाणिज्य बैंकतर्फ दोस्रो बजारमा सबैभन्दा महँगो भएको बैंकको सेयर मूल्य घटेर ६ सय ८६ रुपैयाँमा झरेको हो। मूल्य बढेर ८ सय ६१ रुपैयाँसम्म पुगेको थियो। एक महिनाकै अवधिमा सेयर मूल्य प्रतिकित्ता १ सय ७५ रुपैयाँले घटेको छ। लगातार बढेर उच्च मूल्य भएको समयमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बिक्रीको चाप परेको छ। जसका कारण सेयर मूल्य घटेको हो।

बैंकको सञ्चिति कोषमा ४७ प्रतिशतले बढेको छ। ब्याजदर आम्दानी पनि बढेको छ। वितरणयोग्य नाफा पनि ३४ प्रतिशतले बढेको छ। एनआईसी एसिया बैंक लाभांश नदिए पनि सूचकमा देखिएको वृद्धिले लगानीकर्तामा आकर्षण देखिएको छ। बैंकले चालु वर्षको पहिलो ६ महिनामा ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ।

nic 11.JPG

बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्‍याउन सफल भएको छ। साथै निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्‍याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्वपुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भइ निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।


प्रकाशित : बिहीबार , चैत ९ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend