आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

नयाँ अर्थमन्त्रीको पर्खाइले न्यून बिन्दुमा आएको सेयर बजारसमेत थामिएन

images
images
images
नयाँ अर्थमन्त्रीको पर्खाइले न्यून बिन्दुमा आएको सेयर बजारसमेत थामिएन

अर्थतन्त्रमा सुधार देखिए पनि लगानीकर्ता मैत्री अर्थमन्त्री आउने नआउने विषयमा अलमलमा हुँदा सेयर बजार बढ्न सकेको छैन। नेपाली कांग्रेसले अर्थमन्त्री पाउने निश्चित भए पनि को भन्ने विषय अझै टुंगिएको छैन।

images
images

काठमाडौं- सुधारतर्फ बढ्ने अपेक्षा गरिएको सेयर बजार यो साता पनि उकालो लाग्न सकेन। लगानीकर्ता विश्वस्त हुन नसक्दा बजार निरन्तर उतारचढावमा देखिएको छ। 

images
images
images

बुधबार १५.७६ अंकले घटेर बजार १९३३.२९ बिन्दुमा झरेको बजार बिहीबार पनि उकालाे लाग्न सकेन सकेन। बिहीबार १८.१५ अंकले घटेर बजार १९१५ बिन्दुमा पुगेको छ। २८ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब ४१ करोड ३१ लाख रूपैयाँको कारोबार भएको छ। 

images

गएको साता ६९.३९ अंकले घटेर यो साताको पहिलो कारोबारमा आइतबार ६.९० अंकको गिरावट देखिएको बजारमा सोमबार २२.६५ अंकको सुधार आएको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार र बिहीबार पुनः गिरावट देखिएको हो। 

images

अर्थतन्त्रमा सुधार देखिए पनि लगानीकर्ता मैत्री अर्थमन्त्री आउने नआउने विषयमा अलमलमा हुँदा सेयर बजार बढ्न सकेको छैन। नेपाली कांग्रेसले अर्थमन्त्री पाउने निश्चत भए पनि को भन्ने विषय अझै टुंगिएको छैन। लगानीकर्ताले राष्ट्र बैंक र अर्थमन्त्रालय समन्वय गर्ने खालमो अर्थमन्त्रीको पखाईमा हुँदा पर्ख र हेरको अवस्थमा रहेका छन्। सोही कारण बैंकको ब्याजदर घट्ने निश्चित हुँदा समेत सेयर बजार बढ्न सकेको छैन। 

images
images

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका छन्। सरकारमा नयाँ अर्थमन्त्री निश्चित नहुँदा र नीतिगत साथ मिल्ने विश्वस्तता नहुँदा पनि बजारमा लगानीकर्ता आश्वस्त हुन कठिन भएको विश्लेषकहरू बताउँछन्।

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुनः उतारचढावले उही बिन्दु वरपर तलमाथि भइरहेको देखिन्छ।

images

प्रकाशित : बिहीबार , चैत ९ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस