आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्रमा हुने कर्जा विस्तार उच्च दरमा खुम्चियो, बैंकमा थुप्रियो पैसा

images
images
images
अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्रमा हुने कर्जा विस्तार उच्च दरमा खुम्चियो, बैंकमा थुप्रियो पैसा

निजी क्षेत्रलाई गतवर्षको सात महिनामा ५ खर्ब ३ अर्ब ९९ करोड कर्जा वृद्धि भएकोमा चालु वर्षको यो अवधीमा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ मात्रै कर्जा वृद्धि भएको छ। यहि तथ्यांकले पनि अर्थतन्त्र चलायमान नभएको देखिएको छ। 

images
images

काठमाडौं- निजी क्षेत्रलाई गतवर्षको सात महिनामा ५ खर्ब ३ अर्ब ९९ करोड कर्जा वृद्धि भएकोमा चालु वर्षको यो अवधीमा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ मात्रै कर्जा वृद्धि भएको छ। यहि तथ्यांकले पनि अर्थतन्त्र चलायमान नभएको देखिएको छ। 

images
images
images

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ खुम्चिएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो।

images

बैंकहरूमा बढ्दो ब्याजदरका कारण तथा व्यापारमा आएको सुस्तताले कर्जा विस्तार खुम्चिएको हो। कर्जाको ब्याजदर बैशाखदेखि झन्डै २ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। कर्जाको ब्याजदर घट्न थालेको पुन: उद्योगी र व्यावसायीले कर्जा लिन थाल्ने देखिन्छ। 

images

राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबार साँझसम्म निक्षेप ५४ अर्ब ८ अर्ब पुगेको छ भने सीडी रेसियो ८५.६३ प्रतिशतमा झरेको छ। यता ऋण लगानी ४८ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। 

images
images

राष्ट्र बैंकको तथ्यांकअनुसार सात महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ अर्थात ३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५०३ अर्ब ९९ करोड रूपैयाँ अर्थात १२.३ प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.९ प्रतिशतले बढेको छ। २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.५ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २५३ अर्ब ९७ करोड रुपैयाँ अर्थात ५.० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १६७ अर्ब ३४ करोड रुपैयाँ अर्थात ३.६ प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छे। २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३०.१ प्रतिशत र ५४.७ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ। २०७८ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३८.८ प्रतिशत रहेको थियो।

मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.६ प्रतिशतले घटेको थियो। २०७८ माघ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.३ प्रतिशतले बढेकोमा २०७९ माघ मसान्तमा यस्तो दाबी ५१.३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.६ प्रतिशतले बढेको छ।

images

प्रकाशित : बिहीबार , चैत ९ २०७९०४:१३

प्रतिक्रिया दिनुहोस