बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सुधार देखिएको सेयर बजारमा पुन: गिरावट

बुधबार, चैत ८ २०७९
सुधार देखिएको सेयर बजारमा पुन: गिरावट

काठमाडौं- सुधारतर्फ बढ्ने अपेक्षा गरिएको सेयर बजारमा पुन: गिरावट देखिएको छ। लगानीकर्ता विश्वस्त हुन नसक्दा बजार निरन्तर उतारचढावमा देखिन्छ। 

गएको साता ६९.३९ अंकले घटेर यो साताको पहिलो कारोबारमा आइतबार ६.९० अंकको गिरावट देखिएको बजारमा सोमबार २२.६५ अंकको सुधार आएको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पुन: गिरावट देखिएको हो। 

मंगलबार १५.७६ अंकले घटेर बजार १९३३.२९ बिन्दुमा झरेको छ। ४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको छ। 

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका छन्। सरकारमा नयाँ अर्थमन्त्री निश्चित नहुँदा र नीतिगत साथ मिल्ने विश्वस्तता नहुँदा पनि बजारमा लगानीकर्ता आश्वस्त हुन कठीन भएको विश्लेषकहरू बताउँछन्।

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। 


प्रकाशित : बुधबार, चैत ८ २०७९०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend