बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ बिक्री खुला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ बिक्री खुला

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर बिक्री गर्न लागेको हो। 

काठमाडौं- सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ।

कम्पनीले जारी पुँजीको १ अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशत सेयर बुधबारदेखि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर बिक्री गर्न लागेको हो। 

न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ। १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २२ गतेसम्म आवेदन दिन सकिने छ। सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ।

प्रतिकत्ता १०० रुपैयाँका दरले ४३ करोड ६८ लाख रुपैयाँको ४३ लाख ६८ हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ। २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। 

कम्पनीले ९‍.६ मेगावाट क्षमताको सुपर माई ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ। निर्माण सम्पन्न भइसक्दा आयोजनाको लागत कुल एक अर्ब ९० करोड ४९ लाख रुपैयाँ आउने कम्पनीको अनुमान छ। जसअनुसार प्रति मेगावाट अनुमानित लागत १९ करोड ८४ लाख रुपैयाँ छ।


प्रकाशित : बुधबार, चैत ८ २०७९०४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend