शनिबार, वैशाख ८ गते २०८१    
images
images

पोखरा रात्रिकालीन तथा अन्तरप्रदेश उडानमा सरोकारवाला किन मौन, के एयरलाइन्स कम्पनीको बलले मात्रै सम्भव छ?

images
images
पोखरा रात्रिकालीन तथा अन्तरप्रदेश उडानमा सरोकारवाला किन मौन, के एयरलाइन्स कम्पनीको बलले मात्रै सम्भव छ?
images
images

काठमाडौं- पोखरालाई हब बनाएर सुरु गरिएको अन्तरप्रदेश उडानहरू अहिले धमाधम बन्द हुने थालेका छन्। तामझामका साथ सुरु गरिएको उडानमा 'ब्रेक' लाग्न थाल्दासमेत सरोकारवालाहरू भने मौन छन्। 

images
images
images

बुद्ध एयरले फागुन २५ बाट सुरु गरेको भद्रपुर-पोखरा रात्रिकालीन उडान बन्द भएको छ। यस्तै सौर्य एयरलाइन्सको भैरहवा-विराटनगर उडान पनि केही दिनकै अन्तरालमा बन्द भएको थियो। यी त भए प्रतिनिधि घटना। यस्ता उडानहरू सुरु भइ बन्द भएका अरु पनि छन्।

images

उडानलाई निरन्तरता नदिनु एयरलाइन्सकै कमजोरी हो या अन्य सरोकारवालाको पनि? अहिले गम्भीर प्रश्न खडा भएको छ।

images

बुद्ध एयरले फागुन २५ गते भद्रपुरबाट पोखरा रात्रिकालीन उडान सुरु गरेको थियो। एकसाता नहुँदै रात्रिकालीन उडान बन्द हुन पुग्यो। एयरलाइन्स कम्पनीले तत्कालका लागि उडान बन्द भए पनि केही समयपछि उडान सुरु गर्ने बताएको छ। बुद्धले एकैपटक फागुन २५ गतेदेखि ४ गन्तव्यबाट पोखराको रात्रिकालीन उडान गरेको थियो। बुद्धले काठमाडौं, नेपालगञ्ज, भैरहवा र भद्रपुरबाट रात्रिकालीन उडान सुरु गरेको थियो। ४ गन्तव्यमध्ये ३ वटा गन्तव्यबाट भने बुद्धले पोखराको रात्रिकालीन उडान गरिरहेको छ।

images
images

किन भद्रपुर-पोखरा रात्रिकालीन उडान बन्द भयो? यो नै अहिलेको पेचिलो विषय बनेको छ। भद्रपुर-पोखरा रात्रिकालीन उडान बन्द हुनमा सबैभन्दा पहिले त एयरलाइन्स कम्पनीले यात्रु पाएन। यात्रु नै नभएपछि उडान हुने विषय नै भएन। भद्रपुर-पोखरा रात्रिकालीन उडान आईएफआर उडान हो। यो उडान भीएफआर भन्दा लामो समयको हुन्छ। लामो समयको उडान हुनेबित्तिकै एयरलाइन्सको खर्च बढी नै हुन्छ। 

एयरलाइन्सले सुरुवाती चरणमा प्रमोसन भाडामा टिकट बिक्री गरेको थियो। तर पनि खासै यात्रु पाउन सकेन। भद्रपुर-पोखरा उडान गर्ने एटीआर ७२ जहाजको सिट क्षमता ७२ हो। तर एयरलाइन्सले १५/१८ जना यात्रु मात्रै पाएको थियो। उडान गर्ने एयरलान्सले उडान लागत पनि नउठ्ने अवस्थामा उडान नियमित गर्न पनि सक्दैन। दिनभरी विभिन्न गन्तव्यबाट कमाएको आम्दानी एउटै उडान जाने अवस्था देखेपछि बुद्धले तत्कालका लागि उडान बन्द गरेको हुनसक्ने पोखरा विमानस्थल कार्यालयका कर्मचारी बताउँछन्।

यसबाहेक बुद्धले उडान तत्कालका लागि बन्द गर्नुको पछाडिको अर्को कारण मौसम पनि रहेको छ। प्रि मनसुन सुरु भइसकेको अवस्थामा पोखरामा बेलुका पानी बढी नै पर्ने गरेको छ। जसका कारण पनि उडान डिले हुने क्रम बढ्ने अवस्था आएपछि बुद्धले उडान रोकेको हुनसक्ने पोखरा विमानस्थल कार्यालयको भनाइ छ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने केही समयमा लागि उडान बन्द भएको र थप जहाज आएपछि पोखरामा नै केही जहाज राखेर रात्रिकालीन तथा अन्तरप्रदेश उडान हुने बताएका छन्। 

भद्रपुर-पोखरा रात्रिकालीन उडान बन्द भएको विषयमा कुनै एक एयरलाइन्स कम्पनीलाई मात्रै दोष दिन मिल्दैन। अहिले भद्रपुर-पोखरा मात्रै रात्रिकालीन उडान बन्द भएको हो। विस्तारै अन्य गन्तव्यबाट पनि उडान बन्द हुने दिन आउन सक्छ। यसका लागि सरोकारवाला निकायहरूले बेलैमा ध्यानु दिनपर्ने देखिएको छ।

पर्यटक आउजाउले त्यस क्षेत्रकै आर्थिक गतिविधि बढ्छ। सानो चियापसलदेखि ट्याक्सी, टेम्पोलगायत यातायातका अन्य साधनहरूको पनि आम्दानी वृद्धि हुन्छ। यस्तोमा पनि यसमा प्रदेश सरकारको भूमिका कहिँ कतै देखिएन। त्यसैगरि स्थानीय नगरपालिका तथा जिल्लाहरूको पनि योगदान शून्य नै रहेको कारण उडान नै बन्द भएको छ।

सीमावर्ती सहरबाट पोखरामा मनग्य पर्यटक भित्र्याउन सकेमा स्थानीय सर्वसाधारणमा रोजगारी तथा आम्दानी सिर्जना हुन्थ्यो। सीमावर्ती सहरमा नेपालका हिमाल, एडभेन्चर्स, ट्रेकिङ, खानपान तथा धार्मिकस्थलहरूको पर्याप्त प्रचार प्रसार हुन सकेको छैन। यसमा पर्यटन वोर्डले गम्भीर ध्यान दिनुपर्ने देखिन्छ।

त्यसैगरि सुरुवाती दिन तथा महिनामा ट्राभल एजेन्सी, होटल तथा सरोकारवालालो आकर्षक होलिडे प्याकेज ल्याउनु पर्थ्यो। यसमा उनीहरू पनि चुकेका छन्।

यसका लागि सबैभन्दा पहिले सम्बन्धित प्रदेश तथा स्थानीय सरकारले रात्रिकालीन उडानबाट आवतजावत गर्ने यात्रुको सहज सवारी आगकनको व्यवस्था गरिदिनु पर्ने हुन्छ। रात्रिकालीन उठान ७ बजेपछि सुरु हुने तर सहज रुपमा यात्रुले विमानस्थल जान र विमानस्थलबाट फर्कन सवारी नपाउने अवस्थामा पनि यात्रुको रात्रिकालीन उडानका आकर्षण देखिदैन।

एक प्रदेशबाट अर्को प्रदेशका हुने उडानमा केही समयमा लागि सम्बन्धित विमानस्थल कार्यालयहरूले पनि सहुलियत दिनु पर्ने हुन्छ। यात्रुको सहजताका लागि यात्रुसेवा शुल्कमा छुट र एयरलाइन्स कम्पनीलाई पनि ल्यान्डिङ तथा पार्किङमा केही समय सहुलियता दिँदा उडानमा सहज हुन सक्छ। यसले गर्दा देशको आन्तरिक पर्यटनमा नै राहत हुने हुन्छ। 

स्थानीय तथा प्रदेश सरकारले पनि पर्यटका लागि आकर्षण प्याकेजका कार्यक्रमहरू सञ्चालन गरेको अवस्थामा पनि रात्रिकालीन उडानमा सहजता हुने अवस्था आउँछ।

यसैगरी होटल व्यवसायीहरूलाई पनि केही सहलियत दिएर रात्रिकालीन उडान गर्ने यात्रुका लागि प्याकेज ल्याउन सहयोग गरेको अवस्थामा अन्तर प्रदेश तथा रात्रिकालीन उडानमा सहजता हुने पोखराका पर्यटन व्यवसायीहरू बताउँछन्।

images

प्रकाशित : मंगलबार, चैत ७ २०७९०९:१५

प्रतिक्रिया दिनुहोस