बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

फागुनमा १ अर्ब ६४ करोड रकमान्तर, मल खरिदका लागि ७ अर्बको स्रोत सुनिश्चितता

पूर्वउपराष्ट्रपतिका चालकको पारिश्रमिकका लागि २ लाख ७६ हजार निकासा 

सोमबार, चैत ६ २०७९
फागुनमा १ अर्ब ६४ करोड रकमान्तर, मल खरिदका लागि ७ अर्बको स्रोत सुनिश्चितता

त्यस्तै पूर्वउपराष्ट्रपति परमानन्द झाको सवारी चालकको पारिश्रमिक भुक्तानीका लागि २ लाख ७६ हजार रुपैयाँ पनि फागुनमै निकासा दिइएको छ। संविधान दिवसको अवसरमा वितरण भएका विभुषणका लागि अर्थले १ करोड २४ लाख रुपैया गृह मन्त्रालयलाई थप निकासा दिएको छ। 

काठमाडौं- अर्थ मन्त्रालयले फागुनमा मात्र १ अर्ब ६४ करोड रुपैयाँ रकमान्तर गरेको छ। एक करोड रुपैयाँभन्दा बढीको एक शीर्षकबाट अर्को शीर्षकमा बजेट रकमान्तरको विवरण सार्वजनिक गर्दै अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

त्यस्तै फागुनमै सरकारले ६४ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। लमजुङका रामबाबु अधिकारी, सिराहका विश्वेन्द्र पासवान, कालिकोटका संग्रामे सार्कीलाई जनही ३ लाखका दरले सरकारले सहायता वितरण गरेको छ। 

यसैगरी आगलागीमा परेर अहिले भारतमा उपचाररहत कांग्रेस सांसद चन्द्र भण्डारीको थप उपचारका लागि एर एम्बुलेन्सबाट भारत लिँदा लागेको खर्च बापत सरकारले ५५ लाख ८८ हजार रुपैयाँ बेहोर्ने निर्णय गरेको थियो। सोही अनुसार फागुनमै भुक्तानी भएको छ। 

त्यस्तै सरकारले फागुनमै ३७ करोड ४९ लाख रुपैयाँ थप निकासा गरेको छ। बजेटमा समावेस नभएका कार्यक्रममा खर्च गर्दा अर्थले फागुनमै ३७ करोड खर्चिएको हो। 

विभिन्न भ्रमण मण्डल, न्यायिक तथा प्रशासनिक निर्णबाट सिर्जित दायित्व भुक्तानीका लागि यो निकासा भएको छ। राष्ट्रपछि कार्यालयको भिडियो बनाउनका लागि ७ लाख, राष्ट्रिय अनुसन्धान केन्द्रको भवन निर्माणका लागि २ करोड २५ लाख, चुरोटको अन्त:शुल्क स्टिक छपाई प्रायोजनका लागि २० करोड रुपैयाँ थप निकासा गरिएको छ। 

त्यस्तै पूर्वउपराष्ट्रपति परमानन्द झाको सवारी चालकको पारिश्रमिक भुक्तानीका लागि २ लाख ७६ हजार रुपैयाँ पनि फागुनमै निकासा दिइएको छ। संविधान दिवसको अवसरमा वितरण भएका विभुषणका लागि अर्थले १ करोड २४ लाख रुपैया गृह मन्त्रालयलाई थप निकासा दिएको छ। 

अर्थ मन्त्रालयले फागुनमा ७ अर्बको स्रोत सुनिश्चितता दिएको छ। अन्त:शुल्क स्टिकर छपाइका लागि ४ करोड र रासायिनिक मल खरिदका लागि ७ अर्ब ७९ करोड रुपैयाँको सहमति दिएको छ।


प्रकाशित : सोमबार, चैत ६ २०७९१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend