बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिटिजन लाइफले प्रतिकित्ता २९० रुपैयाँमा प्रिमियम आईपीओ जारी गर्ने

सोमबार, चैत ६ २०७९
सिटिजन लाइफले प्रतिकित्ता २९० रुपैयाँमा प्रिमियम आईपीओ जारी गर्ने

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २९० रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो।

इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १९० रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो ।

बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने छ। जसअनुसार कम्पनीले कुल ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड छ। 


प्रकाशित : सोमबार, चैत ६ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend