बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिटी होटललाई १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न अनुमति

सोमबार, चैत ६ २०७९
सिटी होटललाई १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न अनुमति

काठमाडौं- सिटी होटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले होटललाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। होटललाई बोर्डले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरमा १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो।

होटलले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। ९० प्रतिशत बराबरले हुन आउने १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ संस्थाहरुबाट चुक्ता भैसकेको छ।

सिटी होटलले काठमाडौं सोल्टिमोडमा २०७८ कार्तिक १५ देखि पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ। उक्त होटलमा एनएमबि बैंकको अध्यक्ष समेत रहेका पवल गोल्यानको गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारीहरुको लगानी रहेको छ। पाँच तारे होटलमा १५३ कोठा छ। 


प्रकाशित : सोमबार, चैत ६ २०७९११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend