आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

सिटी होटललाई १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न अनुमति

images
images
images
सिटी होटललाई १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न अनुमति
images
images

काठमाडौं- सिटी होटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएको छ।

images
images
images

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले होटललाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। होटललाई बोर्डले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरमा १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो।

images

होटलले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। ९० प्रतिशत बराबरले हुन आउने १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ संस्थाहरुबाट चुक्ता भैसकेको छ।

images

सिटी होटलले काठमाडौं सोल्टिमोडमा २०७८ कार्तिक १५ देखि पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ। उक्त होटलमा एनएमबि बैंकको अध्यक्ष समेत रहेका पवल गोल्यानको गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारीहरुको लगानी रहेको छ। पाँच तारे होटलमा १५३ कोठा छ। 

images
images

images

प्रकाशित : सोमबार, चैत ६ २०७९११:१०

प्रतिक्रिया दिनुहोस