बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगातार घटिरहेको सेयर बजारमा देखियो सुधार

सोमबार, चैत ६ २०७९
लगातार घटिरहेको सेयर बजारमा देखियो सुधार

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा सुधार देखिएको छ। गएको साता ६९.३९ अंकले घटेर यो साताको पहिलो कारोबारमा आइतबार ६.९० अंकको गिरावट देखिएको बजारमा सोमबार सुधार आएको हो। 

सोमबार २२.६५ अंकले बढेर बजार १९४९.०६ बिन्दुमा पुगेको छ। १ सय ७८ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ। 

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका थिए। अहिले सरकारमा मन्त्रालय भागबण्डा मिल्ने खबरले स्थायित्वको संकेत देखिँदा सेयर बजारमा पनि सुधारका आश बढेका छन्। 

लगानीकर्ताहरू बजारको सकारात्मक पक्षको अपेक्षामा बसेका छन्। केही लगानीकर्ताहरू भएको मूल्य पनि गुम्ने चिन्तामा समेत देखिन्छन्। बजारको आधार बिन्दु नदेखिए पनि १९०० को बिन्दुबाट तल नजाने अपेक्षामा लगानीकर्ताहरू छन्।

सरकारमा नयाँ अर्थमन्त्री निश्चित नहुँदा र नीतिगत साथ मिल्ने विश्वस्तता नहुँदा पनि बजारमा लगानीकर्ता आश्वस्त हुन कठीन भएको विश्लेषकहरू बताउँछन्। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। सोमबारको सुधार उतारचढावकै अवस्थाअनुरुप देखिन्छ। 


प्रकाशित : सोमबार, चैत ६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend