बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

धमाधम सेयर बिक्रीको चापले हिमालयन डिष्टिलरीको सेयर मूल्य दुई हजार तल, किन बाहिरिए लगानीकर्ता?

सोमबार, चैत ६ २०७९
धमाधम सेयर बिक्रीको चापले हिमालयन डिष्टिलरीको सेयर मूल्य दुई हजार तल, किन बाहिरिए लगानीकर्ता?

काठमाडौं- दोस्रो बजारमा हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्यमा लगातार गिरावट आएको छ। बिक्री चाप बढ्दा साताको पहिलो दिन आइतबार सबैभन्दा धेरै कारोबार हुने सूचीमा परे पनि सेयर मूल्य भने घटेर २ हजार तल आएको छ। जुन कम्पनीको सेयर मूल्य पाँच वर्षयताकै सस्तो हो। लगातार घटेको सेयर मूल्य आइतबार १९७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

पाँच वर्षअगाडि २ हजार रुपैयाँ आसपास रहेको मूल्य बढेर ८ हजार रुपैयाँसम्म पुगेको थियो। बिक्री चाप पर्दा आइतबार मात्रै कम्पनीको सेयर ३० हजार कित्ता किनबेच भएको छ।

कम्पनीको ६ करोड १० लाख रुपैयाँमाको कारोबार भएको छ। कम्पनीको आईतबार पनि ४० रुपैयाँले घटेको थियो। कम्पनीले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिएको छ। कम्पनीले लगातार १०० प्रतिशतसम्म लाभांश दिएको छ।

नाफामा भारी गिरावट आएसँगै दोस्रो बजारमा झनै समस्या आएको छ। हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २९ करोड ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा ३६.४१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ४६ करोड २७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ३ अर्ब ३७ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ७६ करोड ८१ लाख रुपैयाँमा झरेको छ। यो गत वर्षको भन्दा १८ प्रतिशत ले कम हो। यस्तै कम्पनीको सञ्चालन नाफा पनि ६४ करोड ७१ लाख रुपैयाँबाट घटेर ४२ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।

हिमालयन डिष्टिलरीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ जम्मा रहेको छ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैया २२ पैसा कायम भएको छ। गत वर्ष यसको इपीएस ३८ रुपैयाँ ९ पैसा थियो। यसको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा छ।


प्रकाशित : सोमबार, चैत ६ २०७९०३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend