बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पाँच हिमाल आरोहणका लागि २५ देशका ५० आरोहीले लिए अनुमति

आइतबार, चैत ५ २०७९
पाँच हिमाल आरोहणका लागि २५ देशका ५० आरोहीले लिए अनुमति
मनासलु हिमालअघि पर्यटक। तस्बिर - नेपाल पर्यटन बोर्ड

काठमाडौं- बसन्त सिजनमा हिमाल आरोहणका लागि ५० जनाले अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार २५ देशका ५० जनाले विभिन्न पाँचवटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।

७ टिममा रहेका ३३ जना पुरुष र १७ जना महिलाले अन्नपूर्ण, मनासलु लगायतका पाँचवटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन्। विभागका अनुसार सगरमाथा आरोहणका लागि भने अहिलेसम्म एउटा पनि अनुमति जारी भएको छैन।

हिमाल आरोहणका लागि अनुमति लिनेबाट विभागले १ करोड २८ लाख रुपैयाँ भन्दा बढी रोयल्टी संकलन गरेको छ।

himal.jpg


प्रकाशित : आइतबार, चैत ५ २०७९१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend