शनिबार, साउन १२ गते २०८१    
images
images
images

सेना हिमालबाट ३५ हजार किलो फोहर संकलन गर्दै

images
शनिबार, चैत ४ २०७९
images
images
सेना हिमालबाट ३५ हजार किलो फोहर संकलन गर्दै
images

काठमाडौं- नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ।

images
images

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर संकलनको लक्ष्य राखिएको छ ।

images

उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर संकलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकृति र पर्यावरण  प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ।

images

विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्ने सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।
 
सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेयता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ। सेनाको अगुवाइमा सफाइसँग सरोकार राख्ने विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थासँगको समन्वयन र सहकार्यमा अभियान सञ्चालन हुँदैआएको छ।

प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पु¥याएका असरलाई कम गर्ने तथा पर्वतीय अर्थतन्त्र अभिवृद्धि गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको छ। पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्न तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियानले ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ।

यस वर्षको अभियानका लागि पूर्वतयारी र समन्वय तथा तालिम सञ्चालन र जनशक्तिको चयनसमेत भइसकेको छ। अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन्। सेनाका अनुसार, अभियान यही चैत १४ देखि आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ।

यसअघि सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर तथा सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट  २७ हजार छ सय ७१ किलो फोहर संकलन भएको थियो।

 सेनाका अनुसार, सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्गा हिमालबाट कुहिने सात हजार एक सय ५७ र नकुहिने ३३ हजार आठ सय ७७ केजीसहित दुई वटा मानव कङ्कालसमेत संकलन गरिएको थियो।

सेनाको नेतृत्वमा अभियानमा पर्यटन र  वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ।
 
सगरमाथा प्रदूषण नियन्त्रण कमिटी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रको समेत अभियानमा सहकार्य हुनेछ। प्रकृतिका अनुपम वरदानमध्ये मोतीजस्तै टल्कने हिमाली शृङ्खलाले नेपाललाई विश्वमै परिचित र समृद्ध तुल्याएको छ।

नेपाल र नेपालीको पहिचानलाई सगरमाथाको उचाइले संसारभर नै गौरव बढाएको छ। सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणको यात्रामा स्वदेशी तथा विदेशी गरी हजाराँैको सहभागी भइसकेका छन्। पछिल्ला वर्षमा हिमाल आरोहण देखिएको आकर्षणले हिमाल र हिमाली क्षेत्रमा भएको प्रदूषणले हिमालको साख र सुन्दरता कायम राख्न चुनौती खडा गरेको छ।
  
सोही पक्षलाई दृष्टिगत गर्दै सेनाले प्रकृति र पर्यावरण संरक्षणमा सहयोग गर्ने हेतुले ‘सफा हिमाल अभियान’ सञ्चालनलाई प्राथमिकतामा राखेर काम गर्दैआएको छ। सेनाले विसं २०७६ बाट सफा हिमाल अभियान सुरु गरेको हो। नेपालका हिमशृङ्खला विश्वका साहसिक पर्यटकको रोजाइको पहिलो गन्तव्य हुन्।

अभियानअन्तर्गत संकलन गरिएका पुनः प्रशोधन गर्न सकिने फोहर काठमाडौँ ल्याइने गरिएको छ भने कुहिने फोहर स्थानीय निकायसँगको सहकार्यमा तत् तत् क्षेत्रमै व्यवस्थापन गरिँदैआएको छ।

अभियानका क्रममा समुदायसँग सहकार्य गर्दै सम्बन्धित हिमालसम्म पुग्ने पदमार्ग र इलाकामा पर्ने बस्तीमा फोहर सफा गर्नुभन्दा फोहर नै हुन नदिन सचेतना कार्यक्रम पनि सञ्चालन गरिँदैआएको छ । सफा हिमाल अभियान प्रकृति र पर्यावरण सरक्षणमा नयाँ आयाम बनेको प्रवक्ता भण्डारीले बताए। अभियानका क्रममा सेनाको  टोलीले तत्तत्  हिमाल आरोणको प्रयास गर्नेछ ।

राष्ट्रिय सुरक्षा, प्रकृति संरक्षण, विकास निर्माण, विश्व शान्ति स्थापना र विपद व्यवस्थापनलगायत हिमाल संरक्षणमा समेत सेनाको महत्वपूर्ण योगदान हुँदै आएको छ। रासस


प्रकाशित : शनिबार, चैत ४ २०७९०८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend