शनिबार, चैत १८ गते २०७९

दोस्रो बजारमा खराब कर्जा न्यून रहेका उत्कृष्ट पाँच बैंक, जसमा हुनसक्छ लगानीकर्तालाई फाइदा

images
images
दोस्रो बजारमा खराब कर्जा न्यून रहेका उत्कृष्ट पाँच बैंक, जसमा हुनसक्छ लगानीकर्तालाई फाइदा
images
images

काठमाडाैं- पछिल्लो समय बैंकहरूको सेयर मूल्य सस्तो हुँदै गएको छ। वित्तीय संस्थाहरूमा खराब कर्जा पनि बढ्दो छ।

images
images
images

खराब कर्जा न्यून रहेका उत्कृष्ट पाँच बैंकहरूको बारेमा चर्चा गर्दै छौँ। दोस्रो बजारमा लगानीकर्तालाई दीर्घकालीन लगानीका हिसाबले पाँच बैंकहरू उत्कृष्ट देखिन्छन्। 

५‍) सानिमा बैंक

सानिमा बैंकको सेयर मूल्य २३९.७० रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको पछिल्लो एक्वर्षमा २८.७० प्रतिशतले सेयर मूल्य घटेको छ। बैंकको प्रतिसेयर मूल्य २०.६३ रुपैयाँ रहेको छ।

त्यस्तै पीई रेसियो ११.६२ गुणा रहेको छ भने बुक भ्यालु १४४.८२ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ०.७७ प्रतिशत मात्रै रहेको छ। अन्य बैंकहरूको अत्याधिक बढेकोबेला सानिमा बैंक खराब कर्जाको हिसावले लगानीकर्तालाई सुरक्षित मान्न सकिन्छ। 

४) स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि सूचकका हिसावले अब्बल मानिन्छ। बैंकको पनि खराब कर्जा अन्य बैंकको तुलनामा राम्रो रहेको छ। बैंकको सेयर मूल्य ५१२ रुपैयाँ रहेको छ।

बैंकको पछिल्लो एकवर्षमा १०.५८ प्रतिशतले बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ३७.१९ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो १३.७७ गुणा रहेको छ। बुक भ्यालु १९५ रुपैयाँ रहेको छ। बैंकको ०.७२ प्रतिशत मात्रै खराब कर्जा रहेको छ। 

३) एनआइसी एसिया बैंक

दोस्रो बजारमा सूचकका हिसावले उत्कृष्ट बैंक मध्ये एनआईसी एसिया अग्रस्थानमा पर्दछ। बैंकको दोस्रो बजारमा प्रतिसेयर मूल्य ७५० रुपैयाँ रहेको छ। एकवर्षको अवधीमा २.३४ प्रतिशत मात्रै मूल्य घटेको छ।

त्यस्तै प्रतिसेयर मूल्य ५६.६१ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो १३.२५ गुणा रहेको छ। बुक भ्यालु २४३.९७ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जामा एकदमै सुधार गरको छ। बैंकको ०.६१ प्रतिशत मात्रै खराब कर्जा रहेको छ। 

२) एभरेष्ट बैंक

बैंकको दोस्रो बजारमा सेयर मूल्य ५०१ रुपैयाँ रहेको छ। बैंकको सेयर मूल्य एकवर्षको अवधीमा ७.८९ प्रतिशत मात्रै घटेको छ।

बैंकको प्रतिसेयर आम्दानी २९.६९ प्रतिशत रहेको छ भने पीई रेसियो १६.८८ गुणा रहेको छ। यता बुक भ्यालु २२१.३९ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जाको हिसाबले उत्कृष्ट मानिन्छ। बैंकको खराब कर्जा ०.५५ प्रतिशत मात्रै रहेको छ। 

१) नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता ३१८ रुपैयाँमा कारोबार भइरहेको छ। बैंकको पछिल्लो एकवर्षको अवधीमा ११.५० प्रतिशत सेयर भ्यालु घटेको छ। बैंकको प्रतिसेयर आम्दानी २३.२६ रुपैयाँ रहेको छ।

त्यस्तै पीई रेसियो १३.७० गुणा रहेको छ। बुक भ्यालु १७५.४३ रुपैयाँ रहेको छ। खराब कर्जाको हिसावले २१ बैंकभन्दा अब्बल एसबिआई बैंक रहेको छ। बैंकको खराब कर्जा ०.४७ प्रतिशत मात्रै रहेको छ। 

images

प्रकाशित : शनिबार, चैत ४ २०७९१०:०६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ