शनिबार, चैत १८ गते २०७९

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण नरोकिए सेवा नै बन्द गर्ने बैंकर्स संघको चेतावनी

images
images
बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण नरोकिए सेवा नै बन्द गर्ने बैंकर्स संघको चेतावनी

अप्रिय घटना नरोकिएमा कर्मचारीहरूको सुरक्षा निमित्त बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको संघले जनाएको छ।

images
images

काठमाडौं- नेपाल बैंकर्स संघले पछिल्लो समय केही व्यक्ति/समूहहरूले बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरूका कर्मचारीहरूप्रति लक्षित गरी भएको सांघातिक आक्रमणप्रति घोर आपत्ती जनाएको छ।

images
images
images

संघले विज्ञप्ती जारी गर्दै धम्कीपूर्ण अभिव्यक्तिहरू, अराजक व्यवहार र सांघातिक आक्रमणको घोर निन्दा गरेको हो। विभिन्न समयमा मुलुकमा आईपरेको महाभूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितिमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेको गरेको विषयलाई बिर्सनु दुर्भाग्य भएको समेत संघले जनाएको छ। 

कर्मचारीहरूमाथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घटनामा संलग्न दोषीहरूलाई यथाशिघ्र हदैसम्मको कारबाहीको माग समेत संघले गरेको छ।

अप्रिय घटना नरोकिएमा कर्मचारीहरूको सुरक्षा निमित्त बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको समेत संघले जनाएको छ। बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिएर भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूसँग संघले अनुरोध समेत गरेको छ। 

असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्‍याउने, आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यसप्रति सजग रहन समेत संघले आग्रह गरेको छ। 

समस्त ग्राहकहरूको हकहितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताको बचतलाई सुरक्षण दिँदै ऋणीहरूलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत संघले जनाएको छ। 

निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै अगाडि बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूति गराउन समेत संघले माग गरेको छ।

images

प्रकाशित : शुक्रबार, चैत ३ २०७९०२:०९

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ