आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

निगम कोरिया उडानका लागि सेफ्टी अडिटको अनुमति, कोरियन एयरको 'मनोपोली' रोकिँदै

images
शुक्रबार, चैत ३ २०७९
images
निगम कोरिया उडानका लागि सेफ्टी अडिटको अनुमति, कोरियन एयरको 'मनोपोली' रोकिँदै
images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कोरिया उडानका लागि सरकारले कोरियन नागरिक उड्डयनलाई सेफ्टी अडिट गर्न अनुमति दिएको छ। कोरिया उडानको तयारीका लागि भन्दै निगमले उपसिमित समेत बनाएको थियो। कोरियामा नेपाल वायुसेवा निगमले सिधा उडान गर्न अनुमति पाएमा कोरियन एयरको मनोपोली भने रोकिने छ। 

images
images
images

निगमको सेफ्टी अडिटका लागि कोरियाबाट कुटनीतिक रुपमा पत्रसमेत आएको थियो। सोही पत्रको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेफ्टी अडिटको लागि अनुमति दिँदै पत्र पठाएको हो।

images
images

मन्त्रालयको पत्र अब परराष्ट्र मन्त्रालय हुँदै कोरियन दूतावास जाने छ। निगमले कोरिया उडानका लागि अपरेटिङ अथोरिटी पाउनु पर्ने हुन्छ। यसका लागि कोरियाले तोकेको मापदण्डहरू पूरा गर्नु पर्ने हुन्छ। सोहीभित्र सेफ्टी अडिट पर्छ। सोही कार्यका लागि मन्त्रालयले अनुमति दिएको हो।

images
images

अब यो अनुमतिसँगै कोरियन नागरिक उड्डयनका प्रतिनिधिले नेपाल नै आएर निगमको सेफ्टी अडिट गर्ने छ। सेफ्टी अडिटमा पास भएको अवस्थामा नेपाल एयरलाइन्सले कोरिया उडान गर्न पाउँछ। 

कोरियन उड्डयन निकायले कोभिड अगाडि २०७५ देखि नै निगमको सेफ्टी अडिट गर्न खोजेको थियो। तर उक्त समयमा नेपाल सरकारले नेपाल एयरलाइन्सको सेफ्टी अडिट गर्न अनुमति दिएको थिएन। कोभिडपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सम्रग नेपाली उड्डयन क्षेत्रको अडिट गरेको थियो। नेपालको सुरक्षा क्षेत्र ७१ प्रतिशतमा पुगेको थियो। सोही आधारमा मन्त्रालयले नेपाल एयरलाइन्सको अनुरोध र कोरियन उड्डयनको पत्रलाई स्वीकार गर्दै निगमको सेफ्टी अडिटको लागि अनुमति दिएको मन्त्रालय स्रोतले जनाएको छ।

अब कोरियन नागरिक उड्डयनको सेफ्टी अडिट पास भएको अवस्थामा नेपाल वायुसेवा निमगले कोरिया उडान गर्न पाउने छ। 

निगमले कोरिया उडान गर्न पाएको अवस्थामा कारियन एयरको एकाधिकार तोडिने छ। साथै यात्रुले पनि सस्तो रेटमा हवाई उडान गर्न पाउने छन्। कोरियन एयरले अहिले कोरिएका उडानमा मनपरी भाडा दर लिइरहेका छन्। निगमले कोरिया उडान गर्न पाएको अवस्थामा लामो दुरीका लागि उडान गर्न भनेर खरिद गरेको वाइडबडी ए ३३० कोसमेत प्रयोग समय बढी हुने छ। साथै नेपालबाट रोजगारीका लागि कोरिया जाने युवाले समेत नेपाली वायुसेवामा नै यात्रा गर्न पाउने छन्।

कोरियाबाट आउने कोरियन एयर अहिले पनि चर्को भाडा असुलेर उडान गरिरहेको छ। नियमित उडानमा ७ सयदेखि ९ सय डलरसम्म पाइने टिकट १२ सयदेखि २ हजार डलरसम्म असुल गरिएको छ।


प्रकाशित : शुक्रबार, चैत ३ २०७९००:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend