बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब कट्यो, सीडी रेसियो ८५.६९ प्रतिशत मात्रै

बिहीबार , चैत २ २०७९
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब  कट्यो, सीडी रेसियो ८५.६९ प्रतिशत मात्रै

अन्तर बैंक ब्याजदर ७.०१ प्रतिशत झरेको छ। केही दिन अगाडि अन्तर बैंक ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो।

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब कटेको छ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बिहीबार साँझसम्म ५४ खर्ब २ अर्ब पुगेको हो। पछिल्लो सात दिनामै २० अर्बभन्दा बढी निक्षेप थपिँदा ५४ खर्ब निक्षेप कटेको राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकहरूमा भने ४७ खर्ब ६१ अर्ब निक्षेप पुगेको छ। राष्ट्र बैंकका अनुसार अहिलेसम्म ४८ खर्ब १२ अर्ब ऋण प्रवाह भएको छ। जुन घट्दो ट्रेन्डमा रहेको छ। त्यस्तै वाणिज्य बैंकहरूको ४२ खर्ब ७० अर्ब ऋण प्रवाह पुगेको छ।

अन्तर बैंक ब्याजदर ७.०१ प्रतिशत झरेको छ। केही दिन अगाडि अन्तर बैंक ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो।

निक्षेप र ऋणको सीडी रेसियोदर पनि ८५.६९ प्रतिशतमा आइपुगेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको रेसियो पुग्नका लागि बैंकहरूले अझै २ खर्ब ५० अर्ब भन्दा बढी ऋण प्रवाह गर्न सक्ने देखिएको छ। 


प्रकाशित : बिहीबार , चैत २ २०७९११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend