शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

२० वर्ष पुगेपछि विवाह गर्नेलाई दश हजार पुरस्कार, उमेर नपुगेको पाइए कारबाही

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २ २०७९
images
images
२० वर्ष पुगेपछि विवाह गर्नेलाई दश हजार पुरस्कार, उमेर नपुगेको पाइए कारबाही

वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिए।

images
images

मान्म- कालीकोटको शुभकालिका गाउँपालिका-७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। यही चैत १ गतेबाट लागू हुने गरी गाउँपालिकाले सो निर्णय गरेको हो। 

images
images
images

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिए। 

images
images

उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए। वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिए। ‘कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ’, उनले भने।

images
images
images

उमेर नपुगेको पाइएमा कानूनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए। ‘यसभन्दा अघि शुभकालीका-४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो’, उनले भने, ‘अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ।’ रासस 


प्रकाशित : बिहीबार , चैत २ २०७९०८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend