काठमाडौं- बुधबार स्थिर रहेको सुनचाँदीको मूल्य बिहीबार वृद्धि भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला एक हजार र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको हो।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुईसय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य आज एक हजार ३ सय पाँच रूपैयाँ कायम छ।