मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

दोबर बढ्यो पर्यटकबाट हुने आम्दानी, चिनियाँ पर्यटक आउँदा संख्यासँगै विदेशी मुद्रा पनि बढ्छ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २ २०७९
images
images
दोबर बढ्यो पर्यटकबाट हुने आम्दानी, चिनियाँ पर्यटक आउँदा संख्यासँगै विदेशी मुद्रा पनि बढ्छ 

यो आर्थिक वर्षको अन्त्यसम्म पर्यटन आम्दानी महामारीअघिको तुलनामा ६० देखि ७० प्रतिशत पुग्ने व्यवसायीहरूको विश्वास रहेको छ। अवस्था सामान्य रहेमा अब चिनियाँ पर्यटक आउने ढोका खुलेको र यसलले गर्दा संख्यासँगै आम्दानी पनि बढ्ने छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा गत वर्षको तुलनामा विदेशी पर्यटकबाट हुने आम्दानी दोबर बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो वर्षको साउनदेखि माघसम्म मुलुकले पर्यटकबाट २४ करोड ७१ लाख अमेरिकी डलर आम्दानी गरेको छ। 

images
images
images

जुन गत वर्षको यही अवधिको तुलनामा ८९ प्रतिशतले धेरै हो। गत वर्षको यही अवधिमा नेपालले पर्यटकबाट जम्मा १३ करोड डलरमाात्र आम्दानी गर्न सफल भएको थियो। 

पछिल्लो समय पर्यटक आगामनमा सुधार हुँदै गएपछि उनीहरुबाट हुने विदेशी मुद्राको आम्दानी पनि बढ्न थालेको छ। कोरोना महामारीअघि नेपालले वर्षेनी करिब एक अर्ब अमेरकी डलर आम्दानी पर्यटनबाट गर्न थालेको थियो। 

images

सन् २०२० को सुरुदेखि नै पर्यटन क्षेत्र धरासायी भएपछि पर्यटनबाट हुने आम्दानी सुकेको थियो भने पर्यटनमा आधारित उद्दम तथा रोजगारी पनि जोखिममा परेको थियो। 

images

पछिल्लो समय पर्यटक आगमनमा पनि सुधार हुँदै गएको छ। यो आर्थिक वर्षको सात महिनामा  ४ लाख ५७ हजार ११४ विदेशी पर्यटक आएका छन्। जुन प्रत्येक महिना बढिरहेको छ। 

गएको वर्षको बसन्त ऋतुको सिजनदेखि नै नेपालमा विदेशी पर्यटक आगामन निरन्तर बढीरहेको छ। सन् २०२२ को सेप्टेम्बरमामात्र ८८ हजार विदेशि पर्यटकले नेपाल भ्रमण गरेका थिए। जुन महामारीपछिकै सर्वाधिक र उत्साहजनक तथ्यांक थियो। 

सन् २०२३ सुरू भएपछि पनि विदेशी पर्यटकको आगमन उत्साहजनक रहेको  छ। जनवरीमा ५५ हजार विदेशी नेपाल आएकोमा फेब्रअरिमा ७३ हजार आएका छन्। यो वर्षको बसन्तकालीन सिजनमा पर्यटक संख्या महामारी अघिकै अवस्थामा पुग्नेमा व्यवसायी आशावादी देखिएका छन्। 

यो आर्थिक वर्षको अन्त्यसम्म पर्यटन आम्दानी महामारीअघिको तुलनामा ६० देखि ७० प्रतिशत पुग्ने व्यवसायीहरूको विश्वास रहेको छ। अवस्था सामान्य रहेमा अब चिनियाँ पर्यटक आउने ढोका खुलेको र यसलले गर्दा संख्यासँगै आम्दानी पनि बढ्ने छ। 

कोरोना महामारीसँगै आफ्ना नागरिकलाई घुम्न प्रतिबन्ध लगाएको चीनले अहिले भने खुला गरेको छ। यसमा पनि चीनले हालैमात्र नेपालमा जान मिल्ने देशका रुपमा राखेको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार १५ मार्च २०२३ (१ चैत) देखि चिनियाँ नागरिकलाई एजेन्सीहरुले नेपाल भ्रमणका लागि प्याकेज बिक्री गर्न सक्ने भएका छन्। 

कोभिड १९ पछि चिनियाँलाई नेपाल लगायत देश घुम्नमा प्रतिबन्ध लाग्दै आएको थियो। यो नयाँ कदमसँगै नेपालमा चिनियाँ पर्यटक आगमन बढ्ने अनुमान गरिएको छ। 

नेपालमा कोभिड-१९ को संक्रमण हुनु अगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५ सय ४३ जना थिए। यस वर्ष भारतीय पर्यटकको संख्या २ लाख ५४ हजार १५० जना रहेको थियो।

सन् २०२३ पछि भने चीनले आफ्ना नीतिहरु खुकुलो बनाउँदै गएको छ। फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन्। जनवरीमा भने १ हजार ४ सय ३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ। 


प्रकाशित : बिहीबार , चैत २ २०७९०३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend