शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

कालोबजारी र उपभोक्ता संरक्षण ऐनलाई समायोजन गर्न महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
images
कालोबजारी र उपभोक्ता संरक्षण ऐनलाई समायोजन गर्न महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको माग

वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले  आचारसंहितालाई पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालोबजारी ऐन संसोधन गर्न माग गरेका छन्। वर्षौं पुरानो ऐनलाई संसोधन गर्दै बदलिँदो समयमा उपभोक्ताको हित संरक्षण गर्न माग गरेका हुन्। 

images
images
images

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको संरक्षण गरिएको भए पनि यसले उत्पादन र वितरणलाई केहीमात्रामा निरुत्साहित गरेको बताए। 

images
images

मुलुकको संविधानले पनि उपभोक्ताको अधिकारलाई सुनिश्चित गरेको छ भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले उपभोक्ताको हितलाई ध्यानमा राखेर वस्तु र सेवा उपलब्ध गराउनु उत्पादक कम्पनी तथा आपूर्तिकर्ताहरुको जिम्मेवारी भएको उल्लेख गरे। 

images
images
images

वस्तु र सेवाको सिन्डिकेट हटाउन र गुणस्तर वृद्धि गर्न कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनलाई समायोजन गरेर लैजान उनले सुझाव दिए। 

वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले  आचारसंहितालाई पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। 


प्रकाशित : बुधबार, चैत १ २०७९१४:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend