बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा देखिएन सुधारको आधार, अझै पर्ख र हेरकै स्थिति

बुधबार, चैत १ २०७९
सेयर बजारमा देखिएन सुधारको आधार, अझै पर्ख र हेरकै स्थिति

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा लगानीकर्ताको साथ मिल्न सकेको छैन। पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्।

बुधबार १४.४४ अंकले घटेर बजार १९३८.६२ बिन्दुमा झरेको छ। ५१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ। १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बजारले आधार नभेट्दा गिरावटको बाटोमा नै देखिएको छ। नेप्सेमा आएको गिरावटले कारोबार रकम निकै सुस्त बनेको छ। घटेको बजारमा प्रवेश गर्न लगानीकर्ता डराइरहेका छन्। लगानीकर्ताको साथ नपाउँदा ओरालो यात्रा देखिएको छ। 

सरकारमा नयाँ अर्थमन्त्री निश्चित नहुँदा र नीतिगत साथ मिल्ने विश्वस्तता नहुँदा पनि बजारमा लगानीकर्ता आश्वस्त नभएको विश्लेषकहरू बताउँछन्। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। 

लगानीकर्ताहरू बजारको सकारात्मक पक्षको अपेक्षामा बसेका छन्। केही लगानीकर्ताहरू भएको मूल्य पनि गुम्ने चिन्तामा समेत रहेको देखिन्छन्। बजारको आधार बिन्दु नदेखिए पनि १९०० को बिन्दुबाट तल नजाने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।

यो साताको पहिलो कारोबारमा आइतबार २६.८० अंकले घटेर बजार १९७५.८९ बिन्दुमा झरेको थियो। सोमबार २४.६८ अंकले घटेर बजार १९५१.२१ बिन्दुमा झरेको थियो। मंगलबार १.८५ अंकले बढेर बजार १९५३.०६ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : बुधबार, चैत १ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend