बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पहिलो पटक विमानस्थल सरसफाइ सेवा निर्देशिका जारी गर्दै प्राधिकरण

बुधबार, चैत १ २०७९
पहिलो पटक विमानस्थल सरसफाइ सेवा निर्देशिका जारी गर्दै प्राधिकरण

प्राधिकरणको बोर्ड बैठकको निर्णयअनुसार तयार पारिएको निर्देशिका प्राधिकरण बोर्डबाट स्वीकृत हुने चरणमा छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो पटक विमानस्थल सरसफाइ निर्देशका २०७९ जारी गर्ने भएको छ।

प्राधिकरणको ४१०औँ बोर्ड बैठकले प्राधिकरणअन्तर्गत रहेका विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा भइरहेको सरसफाइ कार्यलाई चुस्त दुरुस्त राख्न निर्देशका जारी गर्ने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार तयार पारिएको निर्देशिका प्राधिकरण बोर्डबाट स्वीकृत हुने चरणमा छ। 

सम्पूर्ण विमानस्थलहरुको भौतिक अवस्था, मानवीय जनशक्तिको अवस्था, यात्रुहरुको संख्या अध्ययन, आर्थिक स्राेत परिचालन लगायतका विषयवस्तु समेटेर विमानस्थल सरसफाइ सेवा निर्देशिका जारी गर्न यही फागुन १६ गते कमिटी गठन भएको थियो। कमिटीले निर्देशिका तयार पारेर प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई बुझाइसकेको छ। महानिर्देशक अधिकारीले पहिलो पटक विमानस्थल सरसफाइ सेवा निर्देशिका जारी हुन लागेको जानकारी दिए।

कमिटीले निर्देशिका तयार पारेको र अब बस्ने बोर्ड बैठकबाट पारित हुने अधिकारीले बताए। निर्देशिकामा विमानस्थल कार्यालयहरुले विमानस्थलको सरसफाइका लागि गर्नुपर्ने काम तोकिएको छ। यसअघि पनि सबै विमानस्थल सरफाइका लागि बजेट पठाइएको भए पनि कार्यान्वयन हुन सकेको थिएन। अहिले त्यही बजेटलाई वैज्ञानिक तवरबाट व्यवस्थापन गरेर ठोस परिणाम निकाल्न सकिन्छ भनेर निर्देशिका जारी गर्न लागिएको प्राधिकरणको भनाइ छ।

यसअघि नै भइरहेको कामलाई समय तालिका बनाएर सरसफाइ जनशक्ति र उपकरण अधिकतम प्रयोगमा ल्याउने गरी निर्देशिका जारी गर्न लागिएको सरसफाइ सेवा निर्देशिका तयार पार्ने कमिटीको एक सदस्यको भनाइ छ। 


प्रकाशित : बुधबार, चैत १ २०७९०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend