सोमबार, असोज ८ गते २०८०    

पोखरा-जोमसोम उडान गर्ने समिट एयरलाइन्सका दुई पाइलटलाई उडानमा प्रतिबन्ध किन?

images
पोखरा-जोमसोम उडान गर्ने समिट एयरलाइन्सका दुई पाइलटलाई उडानमा प्रतिबन्ध किन?
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै एक पाइलट र एक को-पाइलटलाई कारबाही गरेको छ।

images

प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै समिट एयरका पाइलट र को-पाइलटलाई अनुसन्धान नसकिँदासम्म उडानमा प्रतिबन्ध लगाएको हाे। तर प्राधिकरणले भने एयरलाइन्स तथा पाइलटको विवरण गोप्य राखेको छ।

images

स्राेतका अनुसार जेठ १५ गते पोखरबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडिमात्रै पोखराबाट जोमसोम उडान गरेको समिट एयरको पाइलट र को-पाइलट कारबाहीमा परेका हुन्।  

images

दुर्घटना जाँचबुझ आयोगले पनि उक्त उडानका पाइलटहरूले समेत 'कन्फ्युजन' गरेको आशयको रिपाेर्ट सार्वजनिक गरेको थियो।

images

images

प्रकाशित : मंगलबार, फागुन ३० २०७९०८:५६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ