बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पोखरा-जोमसोम उडान गर्ने समिट एयरलाइन्सका दुई पाइलटलाई उडानमा प्रतिबन्ध किन?

मंगलबार, फागुन ३० २०७९
पोखरा-जोमसोम उडान गर्ने समिट एयरलाइन्सका दुई पाइलटलाई उडानमा प्रतिबन्ध किन?

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै एक पाइलट र एक को-पाइलटलाई कारबाही गरेको छ।

प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै समिट एयरका पाइलट र को-पाइलटलाई अनुसन्धान नसकिँदासम्म उडानमा प्रतिबन्ध लगाएको हाे। तर प्राधिकरणले भने एयरलाइन्स तथा पाइलटको विवरण गोप्य राखेको छ।

स्राेतका अनुसार जेठ १५ गते पोखरबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडिमात्रै पोखराबाट जोमसोम उडान गरेको समिट एयरको पाइलट र को-पाइलट कारबाहीमा परेका हुन्।  

दुर्घटना जाँचबुझ आयोगले पनि उक्त उडानका पाइलटहरूले समेत 'कन्फ्युजन' गरेको आशयको रिपाेर्ट सार्वजनिक गरेको थियो।


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend