बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हवाई उडानमार्फत चीन जाने यात्रुले दुई नियम पालना गर्नुपर्ने

मंगलबार, फागुन ३० २०७९
हवाई उडानमार्फत चीन जाने यात्रुले दुई नियम पालना गर्नुपर्ने

काठमाडौं- हवाई उडानमार्फत चीन यात्रा गर्ने यात्रुले दुईवटा नियम पालना गर्नुपर्ने भएको छ। नेपालबाट चीन उडान गर्दै आएको हिमालय एयरलाइन्सले १५ मार्चदेखि लागु हुने गरी दुईवटा नियम सार्वजनिक गरेको छ।

एयरलाइन्सका अनुसार प्रि बोर्डिङ न्यूक्लिक एसिड परीक्षण र चीन कस्टममा हेल्थ डेक्लेरसन फारम भर्नु पर्ने भएको छ।

एयरलाइन्सका अनुसार चीन जाने सबै यात्रुहरूले कोभिड-१९ को लागि बोर्डिङ अघिको ४८ घण्टाभित्र न्यूक्लिक एसिड टेस्ट वा एन्टिजेन- रेपिड टेस्ट (एआरटी वा एआरटी- घरेलु-परीक्षण) गर्नुपर्ने छ।

टेस्टको नतिजा नेगेटिभ आएमा मात्र चीन यात्रा गर्न सकिने एयरलाइन्सले जनाएको छ। यदि नतिजा पोजिटिभ भए, यात्रुले कोभिड-१९ नेगेटिभ आए पछि मात्र चीनको यात्रा गर्न पाउने छन्।

यसैगरी  यात्रुहरूले आफ्नो नेगेटिभ परीक्षण परिणाम चीन कस्टमलाई https://htdecl.chinaport.gov.cn मा रहेको चीन WeChat mini-program वा China Customs App मार्फत हेल्थ डेक्लेरसन फारम भरेर जानकारी गराउनु पर्ने जनाएको छ। यात्रुहरूले एयरपोर्ट चेक-इन पछि हेल्थ डेक्लेरेसन कोड अप्लाई गर्नुपर्ने  एयरलाइन्सले जनाएको छ। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend