सोमबार, असोज ८ गते २०८०    

हवाई उडानमार्फत चीन जाने यात्रुले दुई नियम पालना गर्नुपर्ने

images
हवाई उडानमार्फत चीन जाने यात्रुले दुई नियम पालना गर्नुपर्ने
images

काठमाडौं- हवाई उडानमार्फत चीन यात्रा गर्ने यात्रुले दुईवटा नियम पालना गर्नुपर्ने भएको छ। नेपालबाट चीन उडान गर्दै आएको हिमालय एयरलाइन्सले १५ मार्चदेखि लागु हुने गरी दुईवटा नियम सार्वजनिक गरेको छ।

images

एयरलाइन्सका अनुसार प्रि बोर्डिङ न्यूक्लिक एसिड परीक्षण र चीन कस्टममा हेल्थ डेक्लेरसन फारम भर्नु पर्ने भएको छ।

images

एयरलाइन्सका अनुसार चीन जाने सबै यात्रुहरूले कोभिड-१९ को लागि बोर्डिङ अघिको ४८ घण्टाभित्र न्यूक्लिक एसिड टेस्ट वा एन्टिजेन- रेपिड टेस्ट (एआरटी वा एआरटी- घरेलु-परीक्षण) गर्नुपर्ने छ।

images

टेस्टको नतिजा नेगेटिभ आएमा मात्र चीन यात्रा गर्न सकिने एयरलाइन्सले जनाएको छ। यदि नतिजा पोजिटिभ भए, यात्रुले कोभिड-१९ नेगेटिभ आए पछि मात्र चीनको यात्रा गर्न पाउने छन्।

images

यसैगरी  यात्रुहरूले आफ्नो नेगेटिभ परीक्षण परिणाम चीन कस्टमलाई https://htdecl.chinaport.gov.cn मा रहेको चीन WeChat mini-program वा China Customs App मार्फत हेल्थ डेक्लेरसन फारम भरेर जानकारी गराउनु पर्ने जनाएको छ। यात्रुहरूले एयरपोर्ट चेक-इन पछि हेल्थ डेक्लेरेसन कोड अप्लाई गर्नुपर्ने  एयरलाइन्सले जनाएको छ। 

images

प्रकाशित : मंगलबार, फागुन ३० २०७९०६:३२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ