बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ओरालो लागेको सेयर बजार देखियो स्थिर, लगानीकर्तामा अन्योल कायमै

मंगलबार, फागुन ३० २०७९
ओरालो लागेको सेयर बजार देखियो स्थिर, लगानीकर्तामा अन्योल कायमै

काठमाडौं- ओरालोतिर लागेको सेयर बजार मंगलबारको कारोबारमा भने स्थिर देखिएको छ। सुधारमा जाने अपेक्षा गरिएको सेयर बजारमा लगातार उतारचढावमा देखिइरहँदा उही बिन्दुनजिक रोकिएको हो।  

मंगलबार १.८५ अंकले बढेर बजार १९५३.०६ बिन्दुमा पुगेको छ। १२६ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब १३ करोड रुपैयाँको मात्र कारोबार भएको छ। ७८ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन। 

सरकारमा नयाँ अर्थमन्त्री निश्चित नहुँदा र नीतिगत साथ मिल्ने विश्वस्तता नहुँदा पनि बजारमा लगानीकर्ता आश्वस्त नभएको विश्लेषकहरू बताउँछन्।

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। लामो समयदेखि १९०० को बिन्दुबाट तल लागेको बजार २००० को बिन्दुमाथि जाने र फेरि उही बिन्दुमा झर्ने गरिरहेको छ। बजारले सुधारको स्थायी आधार भेट्न नसक्दा सीमितको चलखेल भइरहेको विश्लेषकहरू बताउँछन्। 

यो साताको पहिलो कारोबारमा आइतबार २६.८० अंकले घटेर बजार १९७५.८९ बिन्दुमा झरेको थियो। सोमबार २४.६८ अंकले घटेर बजार १९५१.२१ बिन्दुमा झरेको थियो। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend