मंगलबार, माघ १ गते २०८१    
मंगलबार, माघ १ २०८१
images
images

पोखरा विमानस्थलमा ह्याङगर सञ्चालन कम्पनी छनोटको टेन्डर समय १५ दिन थपियो

images
मंगलबार, फागुन ३० २०७९
images
images
पोखरा विमानस्थलमा ह्याङगर सञ्चालन कम्पनी छनोटको टेन्डर समय १५ दिन थपियो

भवनमा  सेवा  सञ्चालनका  लागि  ठेक्का  अवधि  ५ (पाँच)  वर्षको  हुनेछ। सो  अवधिको  न्यूनतम  ११ करोड ४१ लाख ७४ हजार कायम गरिएको कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा निर्माण भएको ह्याङगर सञ्चालका लागि पहिलोपटक गरेको टेन्डरमा कुनै पनि कम्पनीले चासो नदेखाएपछि पुन: समय थप गरेको छ।

images
images
images

प्राधिकरणले थप १५ दिनको समय दिएर सूचना प्रकाशित गरेको छ। यसअघि प्राधिकरणले माघ २५ गते ह्याङगर सञ्चालनका लागि कम्पनी छनोट गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो। पहिलो पटक दिइएको समयमा कुनै पनि कम्पनीले चासो नदिएपछि प्राधिकरणले यसअघिकै सर्तहरुलाई निरन्तरता दिँदै समय थप गरेको हो।

images

विमानस्थलको ६ हजार ३ सय ४३ वर्गमिटर क्षेत्रफलमा वायुयान मर्मत सञ्चालनको लागि भन्दै ठेक्का सूचना जारी भएको हो। बोलपत्र  साथ  फर्म  वा  कम्पनी  दर्ता  प्रमाणपत्र  (नवीकरण  सहित),  सम्बन्धित  निकायबाट  वायुयान  सञ्चालन  गर्न  प्राप्त इजाजत  पत्र,  मूल्य  अभिवृद्धि  कर/स्थायी  लेखा  नम्बरको  दर्ता  प्रमाणपत्र,  करचुक्ता  प्रमाणपत्रको  प्रतिलिपि, नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालन गर्ने काम कारबाहीमा भाग लिन अयोग्य नभएको, आफूले यस सम्बन्धमा सजाय नपाएको वा कालोसूचीमा नपरेको भनी लिखित रुपमा गरेको स्वःघोषणापत्र पेस गर्नुपर्ने समेत सूचनामा उल्लेख छ।

images
images
images

भवनमा  सेवा  सञ्चालनका  लागि  ठेक्का  अवधि  ५ (पाँच)  वर्षको  हुनेछ। सो  अवधिको  न्यूनतम  ११ करोड ४१ लाख ७४ हजार कायम गरिएको कार्यालयले जनाएको छ।

साथै दोस्रो आर्थिक वर्ष देखिको बहाल रकम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा स्वतः वृद्धि हुनेछ र सोहीअनुरुप कायम हुन आउने बहाल रकम बुझाउनु सूचनामा उल्लेख छ। तर प्राधिकरण तथा मातहतका कार्यालयलाई बुझाउनुपर्ने बाँकी बक्यौता रहेका फर्महरुले बोलपत्रमा भाग लिन पाउने, प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता रकम नरहेको व्यहोराको प्रमाण बोलपत्र कागजात खरिद गर्दाका समयमा पेस गर्नुपर्ने कार्यालयले जनाएको छ।


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend