बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्बासी, एक वर्षभित्रै लालपुर्जा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
images
मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्बासी, एक वर्षभित्रै लालपुर्जा

मकवानपुरमा १० वटै स्थानीय तहमा तीनसय ७९ जना भूमिहीन दलित, दुई हजार चारसय ६३ जना भूमिहीन सुकुम्बासी तथा ३३ हजार तीनसय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेको छ।

images
images

बागमती- राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्बासी रहेको जनाएको छ।

images
images
images

आयोगले पत्रकार सम्मेलन गरी हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा उक्त संख्यामा भूमिहीन सुकुम्बासी रहेको जानकारी दिएको हो। मकवानपुरमा १० वटै स्थानीय तहमा तीनसय ७९ जना भूमिहीन दलित, दुई हजार चारसय ६३ जना भूमिहीन सुकुम्बासी तथा ३३ हजार तीनसय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेको र उनीहरुले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगको भनाइ छ।

आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीनहरुको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकोले उनीहरुले एक वर्षभित्र नै जग्गा प्रमाणपत्र लालपुर्जा प्राप्त गर्ने बताए। जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया सुरू भएको जानकारी दिए।

images

आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकारी दिँदै पहिलो चरणमा भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा दिइने बताए। यसकार्यमा सबैको सहयोग आवश्यक हुने उनको भनाइ छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहीन सुकुम्बासीको समस्या छिटो समाधान गर्नुपर्नै विचार व्यक्त गरे।

images

यसैबीच भूमिअधिकार मञ्च हेटौँडाको अध्यक्ष पदमा गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन भएका छन्। मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिगं, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन भएका छन्। यसैगरी सदस्य पदमा जमुना राई, कृष्ण वल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएको मञ्चका जिल्ला सदस्य विष्णु आचार्यले जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, फागुन २९ २०७९११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend