बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

ठगीको आरोपमा तुलसी सहकारीका तीन सञ्चालक पक्राउ, फरार पाँच जनालाई खोज्दै प्रहरी 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
images
ठगीको आरोपमा तुलसी सहकारीका तीन सञ्चालक पक्राउ, फरार पाँच जनालाई खोज्दै प्रहरी 

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब एक अर्ब ५० करोड रूपैयाँ रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ।

images
images

मोरङ- बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन्। उनीहरुलाई बचतकर्ताको १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो।

images
images
images

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका-६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका-१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर-२ का मन्दीप खवास रहेको जनाएको छ।

सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए। फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए। सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।

images

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन्।

images

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब एक अर्ब ५० करोड रूपैयाँ रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ।संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना झै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरुले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई ठगी गरेको देखिन आएको छ।

विसं २०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्य क्षेत्र नेपालभर रहेको छ। प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई पाँच दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरुको जाहेरी दरखास्त दिनेहरुको सङ्ख्या बढेको छ। रासस 


प्रकाशित : सोमबार, फागुन २९ २०७९११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend