बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अर्थतन्त्र सुधार्न नीतिगत परिवर्तनको पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
images
अर्थतन्त्र सुधार्न नीतिगत परिवर्तनको पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कसैको व्यक्तिगत एजेन्डाभन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताएका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकटोन्मुख अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन्। 

images
images
images

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने बताए। 

उनले कसैको व्यक्तिगत एजेन्डाभन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने पनि बताए। ‘अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ। यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्‍याउनुपर्ने अवस्था छ', उनले भने, 'व्यक्तिको भन्दा पनि हाम्रो एजेन्डाको जित हुनुपर्छ। निजी क्षेत्रको समस्या समाधानका लागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार छलफल गरिरहेका छौँ।’

images

बैंकको ब्याजदरका सन्दर्भमा आफूहरुले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको पनि उनले बताए। तीनवटै तहका सरकारहरु निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरु द्रूतरुपमा अगाडि बढ्न सक्ने उनको भनाइ छ।

images

निकट भविष्यमा नै महासंघको नेतृत्व लिन लागेका ढकालले खुल्ला सीमाका कारण भैरहवालगायत सीमाक्षेत्रका व्यवसायीहरु मर्कामा परेको बताए। उनले खुल्ला सीमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरुको संरक्षणका लागि आफूले पहल गर्ने समेत बताए। 


प्रकाशित : सोमबार, फागुन २९ २०७९०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend