बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्बनजिक, एकैदिन ७ अर्ब थपियो

सोमबार, फागुन २९ २०७९
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्बनजिक, एकैदिन ७ अर्ब थपियो

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरूमा एकैदिन ७ अर्ब निक्षेप थपिएर ५३ खर्ब ८७ अर्ब निक्षेप पुगेको छ। 

यो तथ्यांकले अबको केही दिनमै ५४ खर्ब निक्षेप पुग्ने देखिएको छ। आइतबार साँझसम्म ५३ खर्ब ८० अर्ब रहेको निक्षेप सोमबार ७ अर्बले थपिएको हो। वाणिज्य बैंकहरूमा ४७ खर्ब ४७ अर्ब निक्षेप पुगेको छ। ऋण प्रवाह भने १ अर्बले घटेको छ। राष्ट्र बैंकका अनुसार अहिलेसम्म ४८ खर्ब १७ अर्ब ऋण प्रवाह भएको छ। त्यस्तै वाणिज्य बैंकहरूको ४२ खर्ब ७५ अर्ब ऋण प्रवाह पुगेको छ। 

निक्षेप थपिँदा अल्पाकालीन तर्फका ब्याजदर पनि घट्दै गएको छ। अन्तर बैंक ब्याजदर ६.९९ प्रतिशत झरेको छ। केही दिन अगाडि अन्तर बैंक ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो। निक्षेप र ऋणको सीडी रेसियोदर पनि ८६.२ प्रतिशतमा आइपुगेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको रेसियो पुग्नका लागि बैंकहरूले अझै २ खर्ब भन्दा बढी ऋण प्रवाह गर्न सक्ने  देखिएको छ। 

२५ अर्ब ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गरेको हो।

जसमा २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ। यो चैत २८ गते परिपक्व हुनेछ। यस्तै ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ। यो २०८० जेठ ३० गते परिपक्व हुनेछ।

यस्तै ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने छ। यो २०८० फागुन २९ गते परिपक्व हुनेछ। यसको बोलकबोल आज ३ बजे हुनेछ।


प्रकाशित : सोमबार, फागुन २९ २०७९०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend