बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सम्झौताको सात वर्षपछि खन्ती-जोमसोम सडक कालोपत्र सुरू

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
images
सम्झौताको सात वर्षपछि खन्ती-जोमसोम सडक कालोपत्र सुरू

विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो। यो सडक कालोपत्र गर्न विसं २०७३ असारमा पप्पु-गौरी-पार्वती-कोसी एण्ड न्यौपाने जेभीले ९९ करोड ६२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

images
images

जोमसोम- मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरू भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँचसय मिटर दूरीको खन्ती-जोमसोम खण्ड कालोपत्रको काम सुरू भएको हो।

images
images
images

आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी-पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए। ‘एक किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ’, उनले भने, ‘ठेकेदारसँग हाल चार किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ। थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ।’

विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो। यो सडक कालोपत्र गर्न विसं २०७३ असारमा पप्पु-गौरी-पार्वती-कोसी एण्ड न्यौपाने जेभीले ९९ करोड ६२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

images

साझेदार मध्य पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ। सडक निर्माणको काम अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो। 

images

कालोसूचीबाट जोगिनका लागि गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ। गौरी पार्वतीले आयोजनाअन्तर्गत नै ठेक्का लिएको चराङ-छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए। ग्राभेलका लागि ५८ करोड २६ लाखमा ठेक्का सम्झौता भएको यो खण्डको ९० प्रतिशत निर्माण सकिएको छ। रासस 


प्रकाशित : सोमबार, फागुन २९ २०७९०५:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend