शुक्रबार, चैत १६ गते २०८०    
images
images

पाँच क्यासिनोको बक्यौता १ अर्ब ८२ करोड, सञ्चालकहरूको नाम सार्वजनिक गर्दै सरकारले दियो भुक्तानीका लागि अन्तिम मौका

images
images
पाँच क्यासिनोको बक्यौता १ अर्ब ८२ करोड, सञ्चालकहरूको नाम सार्वजनिक गर्दै सरकारले दियो भुक्तानीका लागि अन्तिम मौका
images
images

काठमाडौं- पाँचतारे होटलमा क्यासिनो सञ्चालन गरी सरकारलाई तिर्नुपर्ने रोयल्टी भुक्तानी नगर्ने पाँच क्यासिनोलाई सरकारले बक्यौता भुक्तानीका लागि अन्तिम एकपटक समय दिने भएको छ।

images
images
images

अब पनि बक्यौता भुक्तानी नगरेको अवस्थामा सरकारले क्यासिनो सञ्चालकहरुको नाममा रहेको जाहेजेथाबाट रकम असुली गर्ने भएको छ।

images

महालेखा नियन्त्रक कार्यालय कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले लामो समयदेखि क्यासिनो सञ्चालन वापत राज्यलाई तिर्नुपर्ने रोयल्टी रकम नतिर्ने पाँच वटा क्यासिनोको नामा सूचना जारी गरेको हो। कार्यालयले क्यासिनो सञ्चालकहरुको नाम समेत सार्वजनिक गरेको छ।

images
images

कार्यालयका अनुसार पाँच वटा क्यासिनोले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम १ अर्ब ८१ करोड ८१ लाख ४५ हजार ४ सय १२ रुपैयाँ छ। जसमा सबैभन्दा बढी नेपाल रिक्रीयसन सेन्टर प्रालिको नाममा रहेको छ। कार्यालयका अनुसार सेन्टरको नाममा ९० करोड ५० लाख रुपैयाँ भन्दा धेरै बक्यौता रहेको छ। यो क्यासिनोका सञ्चालकहरु राकेश बाधवा, शान्ती चड्डा, तुलाराम भट्ट, सुवर्ण क्षत्री,  रिचर्ड डोयल टटल र शालिन बाधवा रहेका छन्।

यसैगरी पोखराको बन्द पाँच तारे होटल सञ्चालन भएको  दी फुलवारी ली क्यासिनो पोखराको नाममा ४१ करोड ७१ लाख ३४ हजार रुपैयाँ बक्यौता रहेको छ। क्यासिनो सञ्चालकहरुमा पियुष बहादुर अमात्य, गंगा अमात्य, सञ्जु अमात्य राजभण्डारी, नुरो श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य र आन्टु अमात्य रहेका छन्।

यसैगरी ह्यावी  आवर प्रालिको ९ करोड २७ लाख ६७ हजार ९ सय ४१ रुपैयाँ बक्यौता रहेको छ। यसका सञ्चालक सुरेन्द्र बहालुर सिंह र भोज बहादुर बम रहेको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। यसैगरी होटल याक एण्ड यती प्रालिको नाममा २० करोड ड लाख क्यासिनो बक्यौता रहेको छ। यसका सञ्चालकहरुम राधेश्याम , रत्नादेवी, अरुणकुमार र उमेश सराफ रहेका छन्।

यरी गरी कोरानादेखि बन्द अन्नपूर्ण होटलमा सञ्चालन भएको अन्नपूर्ण ईन्टरनेशनल प्रालिको नाममा १९ करोड ७७ लाख ६२ हजार रुपैयाँ बक्यौता रहेको छ। यसका सञ्चालकहरु तप्तबहादुर विष्ट, नरेन्द्रलाल प्रधान, कल्पदीप राई, इश्वरी प्रसाद श्रेष्ठ र जोत्सना बस्नेत रहेको कार्यालयको सूचनामा उल्लेख छ।

images

प्रकाशित : सोमबार, फागुन २९ २०७९०१:३२

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ