सोमबार, मंसिर १० गते २०८१    
images
images

डुबेको सिलिकन भ्याली बैंकलाई अमेरिकी सरकारले नबचाउने

images
सोमबार, फागुन २९ २०७९
images
images
डुबेको सिलिकन भ्याली बैंकलाई अमेरिकी सरकारले  नबचाउने

यसअघि सन् २००८ मा अमेरिकी सरकारले वित्तीय सहयोग नै प्रदान गरेर केही डुबेका बैंकहरूको उद्धार गरेको थियो। एसभीबी कोल्याप्स हुँदाको संक्रमण वित्तीय प्रणालीमा फैलन नदिने तर २००८-९ को जस्तो सरकारी स्रोतको प्रयोग गरेर डुबेका बैंकको उद्धार नगर्ने उनको भनाइ छ ।   

images
images

काठमाडौं- हालैमात्र कोल्याप्स भएको अमेरिकी बैंक सिलिकन भ्याली बैंक (एसभीबी)लाई अमेरिकी सरकारले उद्धार नगर्ने भएको छ। अमेरिकी अर्थमन्त्री जानेट येलेनले धरासायी भएको एसभीबीलाई उद्धार गर्ने कुरालाई अस्वीकार गरेकी हुन् । यसअघि सन् २००८ मा अमेरिकी सरकारले वित्तीय सहयोग नै प्रदान गरेर केही डुबेका बैंकहरूको उद्धार गरेको थियो। एसभीबी कोल्याप्स हुँदाको संक्रमण वित्तीय प्रणालीमा फैलन नदिने तर २००८-९ को जस्तो सरकारी स्रोतको प्रयोग गरेर डुबेका बैंकको उद्धार नगर्ने उनको भनाइ छ ।   

images
images
images

‘हामी फेरि पनि त्यही गर्दैनौं जुन सन् २००८ मा गरिएको थियो’ टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा अमेरिकाको केन्द्रीय बैंककी पूर्वअध्यक्षसमेत रहेकी येलेनले भनेकी छन्। सरकारले एउटा बैंकमा भएको समस्या अर्को राम्रो गरिरहेको बैंकमा नफैलियोस् भन्ने कुराको सुनिश्चितता गर्न चाहेको पनि उनले बताइन् । 

images

सन् २००८-९ को वित्तीय संकटको समयमा अमेरिकी सरकारले बैंकहरूको उद्धार गर्ने योजना ल्याएको थियो। उद्योग तथा रोजगारी जोगाउनका लागि डुबेका बैंकलाई उकास्ने स्किम सरकारले त्यतिबेला गरेको थियो। 

images

तर अहिलेको समय फरक भएको र सन् २००८ को अवस्था अहिले नरहेको भन्दै सरकारको आगामी कदमका बारेमा उनले सिलिकन भ्यालीका लगानीकर्ता तथा बैंकलाई उकास्न संघीय सरकारले कुनै पनि स्किम नदिने प्रष्ट पारेकी हुन्। 

तर निक्षेपकर्ताको निक्षेप तथा कर्मचारीको तलबका बारेमा भने संवेदनशील रहेको उनले बताएकी छन्। अमेरिकी निक्षेप सुरक्षाण निगमले जम्मा २ लाख ५० हजार डलरसम्मको निक्षेपको मात्र बीमा गर्नछ। त्यसभन्दा माथि निक्षेप भएकाहरूको के हुन्छ भनेर अहिले चासोका साथ हेरिएको छ। यो बैंकमा रहेको निक्षेपमध्ये ९६ प्रतिशतलाई बीमाले नसमेटेको मिडियाहरूले उल्लेख गरेका छन् ।

ठूलामध्येको २० बैंकमा पर्ने यो बैंकमा प्रविधि कम्पनी तथा सम्बन्ध भएका धनाढ्यहरूको पनि निक्षेप रहेको छ। सीमाभन्दा माथिको निक्षेप भएकाहरूको निक्षेप तथा कर्मचारीको तलबा बारेमा बैंकिङ नियामकसँग निरन्तर छलफलमा रहेको उनले बताएकी छन्। 

गत वर्षको अन्तिमसम्म २०९ अर्ब अमेरिकी डलर कूल सम्मपत्ति र १७५ अर्ब डलर निक्षेप रहेको यो बैंकको कोल्याप्स सन् २००८ पछिको सबैभन्दा ठूलो आकारको हो। प्रविधि क्षेत्रका कम्पनीमाथि लगानी गर्दै आएको सिलिकन भ्याली केन्द्रित यो बैंकलाई त्यहाँको नियामकले नियन्त्रणमा लिइसकेको छ। 

सिलिकन भ्याली बैंक स्टार्टअपहरूमा लगानी गर्ने मुख्य बैंक थियो। सिलिकन भ्यालीको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यो बैंक कंगाल भएसँगै अरु थप बैंकमाथि चुनौती थपिएको छ। पछिल्लो समय मूल्यवृद्धिसँग जुध्नका लागि भन्दै अमेरिकी केन्द्रीय बैंकले निरन्तर रुपमा ब्याजदर बढाएपछि यो बैंक समस्यामा परेको विश्लेषण गरिएको छ। विभिन्न विज्ञ तथा जानकारहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा सिलिकन भ्याली बैंकले यस्तो ठाउँमा लगानी गरेको थियो ब्याजदर बढ्नेवित्तिकै त्यस्ता कम्पनीको सम्पत्ति घट्यो। विशेषगरि बन्ड्सहरूमा यस्तो प्रभाव परेको थियो। सम्पत्ति घट्दै गएपछि बैंकले वित्तीय सन्तुलनका लागि विभिन्न स्टार्टअप तथा भेन्चर क्यापिटलहरूबाट पैसा जुटाएको थियो। तर पछिल्लो समय त्यस्ता संस्थाहरूले आफ्नो निक्षेप झिक्नेवित्तिकै बैंक समस्या परेको थियो। 

पाँच घण्टामै बैंक समस्यामा परेको थियो। अन्तिम समयमा २ अर्ब २५ करोड डलर रकम जुटाउन नसक्दा बैंक समस्यामा परेको थियो। बैंकको निक्षेप लिएकोभन्दा न्यून नगद भएपछि समस्यामा परेको हो ।  


प्रकाशित : सोमबार, फागुन २९ २०७९००:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend