बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चिनियाँ नागरिक निर्बाध घुम्न पाउने सूचीमा नेपाल, बढ्न सक्छन् पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
चिनियाँ नागरिक निर्बाध घुम्न पाउने सूचीमा नेपाल, बढ्न सक्छन् पर्यटक

नेपालमा कोभिड-१९ को संक्रमण हुनु अगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक नेपाल आएका थिए। 

काठमाडौं- चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा राखेको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार १५ मार्च २०२३ (१ चैत) देखि चिनियाँ नागरिकलाई एजेन्सीहरुले नेपाल भ्रमणका लागि प्याकेज बिक्री गर्न सक्ने भएका छन्। 

कोभिड १९ पछि चिनियाँलाई नेपाल लगायत देश घुम्नमा प्रतिबन्ध लाग्दै आएको थियो। यो नयाँ कदमसँगै नेपालमा चिनियाँ पर्यटक आगमन बढ्ने अनुमान गरिएको छ। 

नेपालमा कोभिड-१९ को संक्रमण हुनु अगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५ सय ४३ जना थिए। यस वर्ष भारतीय पर्यटकको संख्या २ लाख ५४ हजार १५० जना रहेको थियो।

सन् २०२३ पछि भने चीनले आफ्ना नीतिहरु खुकुलो बनाउँदै गएको छ। फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन्। जनवरीमा भने १ हजार ४ सय ३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ।


प्रकाशित : आइतबार, फागुन २८ २०७९१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend