बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पछिल्ला कारोबार लयमा देखिएको सेयर बजारमा फेरि गिरावट, पुन: २००० बिन्दुतल

आइतबार, फागुन २८ २०७९
पछिल्ला कारोबार लयमा देखिएको सेयर बजारमा फेरि गिरावट, पुन: २००० बिन्दुतल

काठमाडौं- गएको साता लगातार सुधार देखिएको सेयर बजार यो साता पुन: ओरालो लागेको छ। लगातार घटिरहेको सेयर बजारमा गएको साताको अन्तिम दुई कारोबारले उच्च अंकतर्फको आश जगाएको थियो। तर बजारले त्यही गति समात्न सकेन।

यो साताको पहिलो कारोबारमा आइतबार २६.८० अंकले घटेर बजार १९७५.८९ बिन्दुमा झरेको छ। २६ कम्पनीको मात्र सेयर मूल्य बढेकव बजारमा १ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ। 

गएको साता पहिलो कारोबारमा आइतबार ३०.७७ अंकले घटेको बजारमा मंगलबारको दोस्रो कारोबारमा सुधार देखिएको थियो। मंगलबार १४.४१ अंकले बढेको बजारमा बिहीबार थप सुधार देखिएको थियो। गएको साता बिहीबार ५०.०४ अंकले बढेर बजार २००२.७० बिन्दुमा पुगेको थियो।

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा नै देखिन्छ। 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend