बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अर्थतन्त्रलाई ज्वरो आएको छ, निको पार्ने जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

images
आइतबार, फागुन २८ २०७९
images
images
अर्थतन्त्रलाई ज्वरो आएको छ, निको पार्ने जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

'कुनै एक मन्त्रीभन्दा पनि प्रधानमन्त्रीले समस्याका बारेमा जानकार भएर समाधानका लागि उन्मुख हुनुपर्छ'

images
images

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगत लामो समयदेखिको श्रृङ्खलावद्ध कमजोरी र गल्तीका कारणले अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। 

images
images
images

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले बहुआयामिक समस्याका कारणले नागरिक तहमा चौतर्फी असन्तुष्टी पैदा भएको बताए।

राजनीतिक नेतृत्व विभिन्न चुनावकै नाममा खुसियाली मनाइरहँदा नागरिक तहका भने तीव्र असन्तुष्टी रहेको उनको भनाइ छ।

images

'नागरिक तहमा यति धेरै असन्तुष्टी छ कि उनीहरू सरकारलाई पाँच वर्ष कुर्न तयार छैनन्। कम्तिमा पाँच महिनामा सरकारले सुधारको संकेत दिनुपर्छ र नागरिकले यो कुरा महसुस गर्नैपर्छ' उनले भने।

images

अर्थतन्त्रमा चौतर्फी समस्या छन्, यी समस्या कागजमा प्रकट हुने अक्षरमात्र नभएर प्रत्येक नागरिकले नै महसुस गर्ने हुँदा त्यसमा सुधारका लागि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री तयार हुनुपर्ने उनको भनाइ छ।

'अहिलेका तथ्यांक जेजस्ता भए पनि नागरिकस्तरमा नकारात्मक बुझाइ रहेको छ। यो कुरा प्रधानमन्त्रीले बुझ्नुपर्छ। डराउनुपर्ने प्रधानमन्त्री हो। अहिले ज्वरो आएको छ तर तत्कालै निको हुने अवस्था छैन। यो बेलामा नेतृत्वले लक्षण र रोगकै उपचार गर्छु भनेर प्रतिबद्ध हुनुपर्छ' उनले भने।

कुनै पनि एक मन्त्रीभन्दा पनि प्रधानमन्त्रीले समस्याका बारेमा जानकार भएर समाधानका लागि उन्मुख हुनुपर्ने उनको भनाइ छ।

अहिले बनेको गठबन्धन सरकारले परिणाम दिन सकेन भने यो देशको पाँच वर्ष वर्वाद हुने थापाले बताए।

sejon knowledge.jpg

सकारले निर्मम भएर निर्णय लिनुपर्छ : अर्थशास्त्री डा. गोविन्द नेपाल

कार्यक्रममा अर्थशास्त्री डा. गोविन्द नेपालले अहिले नेपाली अर्थतन्त्र चौतर्फी समस्यामा रहेको बताए।

'अर्थतन्त्रको अवस्था थप चिन्ताजनक देखिन्छ। केही तथ्यांकमा राम्रो देखिए पनि जनजीवनमा संकट देखिन्छ। कुनै सूचकमा नेपालको अवस्था राम्रो छैन। भ्रष्टाचारदेखि लगानीसम्मका कुनै पनि सूचक राम्रा छैनन्' उनले भने।

सकारले निर्मम भएर निर्णय लिनुपर्ने समय आएको उनको भनाइ छ।


प्रकाशित : आइतबार, फागुन २८ २०७९०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend