बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

माघ महिनामा पनि एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आइतबार, फागुन २८ २०७९
माघ महिनामा पनि एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ७ महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षको माघ महिनामा मात्रै १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भइ ५ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।


प्रकाशित : आइतबार, फागुन २८ २०७९०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend