बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

असारयता विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले बढ्यो, शोधनान्तर स्थिति पनि १ खर्ब ३३ अर्ब बचतमा

आइतबार, फागुन २८ २०७९
असारयता विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले बढ्यो, शोधनान्तर स्थिति पनि १ खर्ब ३३ अर्ब बचतमा

चालु आर्थिक वर्षको सात महिनामा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड रूपैयाँ (१० अर्ब ५० करोड डलर) पुगेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड रूपैयाँ (१० अर्ब ५० करोड डलर) पुगेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमयसञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ।

तथ्यांकअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १३३ अर्ब २१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ। 

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेकोछ। आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशतले र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेको छ।
 
संघीय सरकारको खर्च ६ खर्ब ६७ अर्ब ६६ करोड र राजस्व परिचालन ५ खर्ब १४ अर्ब ६९ करोड रहेकोछ। विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८.८ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.९ प्रतिशत रहेको छ। 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend