बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’

images
आइतबार, फागुन २८ २०७९
images
images
उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’

नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘उन्नति मेला’ आयोजना ग¥यो। भिलेजको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो। 

images
images

काठमाडाैं- नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘उन्नति मेला’ आयोजना ग¥यो। भिलेजको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो। 

images
images
images

विशेषगरी नवलपुर र चितवनका महिला लघु उद्यमी र युवा उद्यमीलाई सहयोग एवं र सशक्तीकरण गर्न भिलेजको यो एकदिने मेला आयोजना गरेको हो। कार्यक्रमको प्रमुख अतिथि थिए, नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, विशेष अतिथिका रुपमा गैडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला सहभागी थिए। 

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी लम्सालले चौधरी फाउन्डेसनअन्तर्गत उन्नति कल्चरल भिलेजले कला संस्कृतिलगायतको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानबारे प्रशंसा गरे । कला–संस्कृतिको संरक्षण र विकासले देशको समग्र विशेषतालाई झल्काउने र यिनका माध्यमबाट नेपालले विश्वसामु नयाँ परिचय स्थापित गर्न सक्ने उनको भनाइ छ। 

images

साथै गैंडाकोट नगरपालिका उपमेयर कोइरालाले उन्नति कल्चरल भिलेजले लोप हुन लागेको थारु समुदायको आफ्नो कला संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताइन्। र नारी सशक्तीकरणमा भिलेजले पु¥याएको योगदानबारे पनि उनले प्रशंसा गरिन्।  

images

मेलामा डिजिटल एन्ड मोबाइल बैंकिङ वर्कसप, डिजिटल मार्केटिङ एन्ड ई–कमर्स ट्रेनिङ, नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन–एयर म्युजियम उद्घाटनलगायत विभिन्न गतिविधि प्रदर्शन गरियो।  मेलामा नबिल बैंकका कावासोती शाखा प्रबन्धक मञ्जिल दुलालले डिजिटल तथा मोबाइल बैंकिङ कार्यशालाको सहजीकरण गरे। 

कार्यशाला विशेषगरी वित्तीय साक्षरतामा केन्द्रित रह्यो। अनलाइन वित्तीय सेवा, डिजिटल बैंकिङ एप, तिबाट पाइने सुविधा, भुक्तानी पोर्टल र यसका फाइदा लगायतका विषयमा उनले कार्यशालामा सहभागीहरुलाई सुसूचित गरे । स्थानीय महिला लघु उद्यमी र महिला समूहहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वित्तीय समावेशीकरणमा सहभागी हुन कार्यशालाले सहयोग पुग्ने विश्वास लिइएको छ। 

यसैगरी मेलामा अश्विन न्यौपानेले डिजिटल मार्केटिङ र ई–कमर्स ट्रेनिङको सहजीकरण गरे। विशेषगरी युवा उद्यमी, मार्केटिङ प्रोफेसनल एवम् बिजनेस स्टार्टअपहरूका लागि लक्ष्य गरी यो कार्यशाला गरिएको हो। टे«निङ विशेषगरी सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), डिजिटल मार्केटिङ, डाटा एनालाईसिस् र ब्रान्ड व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित थियो।  

मेलाको मुख्य आकर्षणका रुपमा नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन एयर म्युजियम उद्घाटनको गरिएको थियो।  नवलपुर रेसिडेन्सी एक्जिबिसनमा विशेषगरी नवलपुर र चितवनको ग्रामीण जीवनको सौन्दर्यलाई प्रस्तुत गरिएको थियो। यो एकमहिने आवासीय कार्यक्रमको प्रतिफल हो, जहाँ छ जना फोटोग्राफर र भिडियोग्राफरले सहभागिता जनाएका थिए।  
ओपन–एयर म्युजियममा चर्चित नेपाली एवम् अन्तर्राष्ट्रिय कलाकारले बनाएका माटो एवं सिसाबाट निर्मित र ढुंगामा कुँदिएका कला प्रदर्शन गरिएको छ।  उक्त अवसरमा फोटोग्राफी एवं भिडियोग्राफी रेजिडेन्सी र सेरामिक रेजिडेन्सीमा सहभागी कलाकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। 

कार्यक्रममा कलाकारहरु सगुनी शाक्य, रोशन मिश्रलगायतको उपस्थिति थियो। कार्यक्रममा प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, नायव प्रहरी उपरिक्षक सन्तोष पाठकलगायतको सहभागिता थियो। मेलाका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुबीच आर्ट कम्पिटिसनसमेत गराइएको थियो। 

आर्ट एन्ड क्राफ्टको विकास एवम् प्रवद्र्धन गर्दै नेपाली संस्कारहरुलाई संरक्षण र प्रवद्र्धनमा उन्नति कल्चरल भिलेज प्रतिबद्ध संस्था हो। चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालित भिलेजले नेपाली कलासंस्कृतिको विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend