आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कञ्चनपुरमा बढे पर्यटक, होमस्टेमा हुन थाल्यो अग्रिम बुकिङ

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २७ २०७९
images
कञ्चनपुरमा बढे पर्यटक, होमस्टेमा हुन थाल्यो अग्रिम बुकिङ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आयस्तरमा समेत वृद्धि हुन थालेको छ।

images
images

कञ्चनपुर- पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ। कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन्। यहाँको भीमदत्त नगरपालिका-१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए।

images
images
images

'कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, अहिले त अग्रिम बुकिङ हुने गरेका छन्', उनले भने। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशीको रोजाइ घरबास हुने गरेको छ।

images
images

'होटेलमा महँगो र हो-हल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्ने गरेका छन्', रानाले भने, 'विदेशीलाई स्थानीय खानाका परिकार र राना समुदायको नृत्यले स्वागत गर्ने गरेका छौँ।'

images
images

अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए। उनले अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने समय भएकाले पनि पाहुना बढी आउने गरेको बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आयस्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताए। 'राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ', रानाले भने, 'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्।' 
 
घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचार भएको उनको भनाइ छ। 'यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरुले खानाका परिकारदेखि नाचगान देखाउँछौँ', उनले भने, 'यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा बढेको छ।'

अचेल शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन्। माघमा तीन सय र पुसमा ५ सय बढीले निकुञ्ज भ्रमण गरेका छन्। रासस


प्रकाशित : शनिबार, फागुन २७ २०७९०६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend