बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

टर्की भूकम्पको क्षति नै नेपालको अर्थतन्त्रको करिब तीन गुणा : कसरी होला पुनर्निर्माण?

images
शनिबार, फागुन २७ २०७९
images
images
टर्की भूकम्पको क्षति नै नेपालको अर्थतन्त्रको करिब तीन गुणा : कसरी होला पुनर्निर्माण?
images
images

काठमाडौं-   टर्कीको भूकम्पको क्षति १०० अर्ब अमेरिकी डलर (१ सय ३२ खर्ब रुपैयाँ बराबर) नाघ्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीले) जनाएको छ । टर्कीको भूकम्पपछिको पुनर्निर्माणका लागि हुन लागेको दाता सम्मेलनअघि युएनडिपीले यस्तो बताएको हो । यो नेपालको अर्थतन्त्र (४८ खर्ब रुपैयाँ)को तुलनामा करीब तीन गुणा बढी हो।

images
images
images

'अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा टर्की सरकारले प्रस्तुत गरेको आजको दिनसम्मको तथ्यांकलाई केलाउँदा भूकम्पको क्षति १ सय अर्ब अमेरकी डलर नाघ्ने स्पष्ट भएको छ,' युएनडिपीका लुइजा भिन्टनलाई उद्घृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

गत ६ फेब्रुअरीमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पका कारण ५२ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो। राती गएको भूकम्पले धेरै मानिसहरुको ज्यान सुतेकै बेला गएको थियो।

images

टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग तथा पुनर्निर्माणका लागि बेल्जियमको ब्रसेल्समा आगामी २० मार्चमा दाता सम्मेलन आयोजना हुँदै छ। त्यो सम्मेलन सुरु हुनुअघि संयुक्त राष्ट्रसंघीय एजेन्सीले क्षतिको यो विवरण सार्वजनिक गरेको हो।

images

ब्रसेल्समा हुने सम्मेलन युरोपेली युनियन र स्विडेनले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। सम्मेलनमा इयु र यसका सदस्यले भूकम्पपीडित दुइ मुलुकको राहत पुनरुत्थान र पुनर्निर्माणमा ठूलो मात्रामा घोषणाको तयारी गरेको इयुले जनाएको छ। इयुले अन्य अन्तर्राष्ट्रिय साझेदार र दातालाई पनि सहयोगका लागि आग्रह गरेको छ।

यसअघि विश्वबैंकले टर्कीको भूकम्पको क्षति करीब ३४ दशमलव २ अर्ब अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको थियो। त्यस्तै टर्किस इन्टरप्राइज एन्ड बिजनेस कन्फेडेरेशनले गरेको एक अध्ययनले भूकम्पका कारण टर्कीको अर्थतन्त्रमा ८४ अर्ब अमेरिकी डलर अर्थात् १ सय ११ खर्ब रुपैयाँ बराबर क्षति भएको देखाएको थियो।

टर्की सरकारले भने ५० अर्ब डलर अर्थात् ६६ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान सार्वजनिक गरेको थियो।

उता युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट (इबिआरडी) ले भूकम्पका कारण सन् २०२३ मा टर्कीको कुल गार्हस्थ उत्पादनको एक प्रतिशत क्षति हुने प्रतिवेदन सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। यो भनेको करिब १० अर्ब अमेरिकी डलर बराबर हो। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले मुलुकले एक वर्षभित्र पुनर्निर्माणको काम सक्ने र त्यसका लागि ‘देशलाई पुन उभ्याउने’ कार्यक्रमको तयारी भइरहेको बताएका छन्।

भूकम्पका कारण देशका १० प्रदेशका १ करोड ३४ लाख जनता प्रभावित भएका छन्। त्यो टर्कीको कुल जनसंख्याको १५ प्रतिशत हो र त्यस क्षेत्रले जीडीपीको १० प्रतिशत उत्पादन गर्छ।

यसअघि सन् १९९९ मा उत्तरपश्चिम क्षेत्रमा गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले १७ हजारको ज्यान लिएको थियो भने ५१ अर्ब अमेरिकी डलर आर्थिक क्षति भएको थियो। त्यसबेलाको भूकम्पपछि टर्कीको अर्थतन्त्रमा यति ठूलो क्षति कहिल्यै नभएको अन्तर्राष्ट्रिय मुद्राकोषको कार्यकारी निर्देशक महमुद मोहिल्दिनले बताए। यो वर्ष टर्कीको आर्थिक वृद्धि २ प्रतिशत विन्दुसम्मले कम हुने अनुमान अर्थशास्त्री तथा अधिकारीहरुले गरेका छन्।

सरकारले यो वर्षको आर्थिक वृद्धि साढे ५ प्रतिशत हुने भूकम्पअघि नै प्रक्षेपण गरे पनि विनाशका कारण त्यो ३ प्रतिशतमा खुम्चने इबिआरडीले जनाएको छ। 

यो वर्षको बर्खामा टर्कीमा राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुँदैछ। दुई दशकदेखि शक्तिमा रहेका एर्दोआनलाई यसपटकको सत्तायात्रा सबैभन्दा चुनौतीपूर्ण बन्ने देखिएको छ।

सरकारले भूकम्पप्रभावित १० प्रदेशमा संकटकाल घोषणा गरेको छ भने त्यहाँको केन्द्रीय बैंकले केही ऋणको अशुलीलाई पछि सारेको छ। जुलाइसम्मका लागि कर अशुली पनि स्थगित गरिएको छ।


प्रकाशित : शनिबार, फागुन २७ २०७९०३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend