बिहीबार , कात्तिक ८ गते २०८१    
images
images
एफएनसीसीआई निर्वाचन

वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठको टिम तयार, रामचन्द्र र उमेशलाल अलमलमै

images
शुक्रबार, फागुन २६ २०७९
images
images
वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठको टिम तयार, रामचन्द्र र उमेशलाल अलमलमै

चारजनाले प्रतिस्पर्धमा रुची देखाए पनि दिनेश श्रेष्ठले फेरि उपाध्यक्षमै प्रतिस्पर्धा गर्न तयार भएको व्यवसायीहरूको भनाइ छ। यसको अर्थ अहिलेसम्म तीनजनामात्र बाँकी रहँदा अञ्जन श्रेष्ठले मात्र आफ्नो समूह बनाएका छन्। 

images
images

काठमाडौं- चैत २८, २९ र ३० गते काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वमा पुग्नका लागि उद्योगी व्यवसायीहरूले दाबी प्रस्तुत गर्दै आएका छन्। 

images
images
images

व्यवसायीहरूले चुनावका लागि देशव्यापी भ्रमणलाई समेत बाक्लो बनाएका छन्। 

६० औँ साधरणसभाबाट स्वत: महासंघ अध्यक्ष बन्ने दौडमा तीनजना लागिपरेका छन्। ५७ औँ साधरणसभाबाट वरिष्ठ उपाध्यक्ष जित्ने नै ६० औँ साधरण सभाबाट स्वत: अध्यक्ष हुनेछ।

images

वरिष्ठ उपाध्यक्षका लागि सुरुवाति चरणमा चार जनाले लविङ गरेका थिए। यसका लागि वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र दिनेश श्रेष्ठले दाबी गरेका थिए। त्यस्तै निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ पनि यो दौडमा रहँदै आएका छन्। 

images

चारजनाले प्रतिस्पर्धमा रुची देखाए पनि दिनेश श्रेष्ठले फेरि उपाध्यक्षमै प्रतिस्पर्धा गर्न तयार भएको व्यवसायीहरूको भनाइ छ। यसको अर्थ अहिलेसम्म तीनजनामात्र बाँकी रहँदा अञ्जन श्रेष्ठले मात्र आफ्नो समूह बनाएका छन्। 

अञ्जन श्रेष्ठले वस्तुगत, एशोसिएट र जिल्ला नगरतर्फको उपाध्यक्षको उम्मेद्‍वारसहितको पदाधिकारी समूह बनाइसकेका छन्। यही समूहलाई उनले सामूहिक निर्वाचन परिचालनमा लगाइसकेका छन्। 

श्रेष्ठको टिमबाट एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र  जिल्ला नगरमा अरुण सुमार्गी रहेका छन्। अञ्जनको समूह तय भइसके पनि अन्य दुईजनाले अहिलेसम्म स्पष्ट समूह बनाउन सकेका छैनन्। 

चुनावमा जाँदा प्रष्ट समूह बनाइसकेकाहरू बलियो हुने तर एक्लै प्रतिस्पर्धा गर्दा कमजोर हुन्छन्। तर समूह बन्दा दुईभन्दा बढी बन्ने अवस्था रहँदैन। त्यसैले अब अञ्जनको समूह तयार भएपछि अर्को एउटामात्र समूह बन्ने देखिन्छ। त्यही नयाँ बन्ने एउटा समूहमा वरिष्ठ उपाध्यक्षको उम्मेद्‍वार को बन्ने भन्नेमा बाँकी तीनजनाबीच तीव्र प्रतिस्पर्धा रहेको छ। 

रामचन्द्र र उमेशलालले अहिलेसम्म टिम तयार पार्न सकेका छैनन्। जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ तेस्रो पटक चुनाव लड्दै छन्। उनलाई आफ्नो टिम राख्न रामचन्द्र र उमेश पनि तयार नभएको स्रोतको दाबी छ। एउटै पदमा तीन पटकसम्म चुनाव लड्न लागेका कारण दिनेशलाई कसलै पनि चासो दिएका छैनन्।

उमेश र रामचन्द्र भने चन्द्र ढकालको साथ खोजिरहेका छन्। स्रोतका अनुसार ढकाल यसपटक वरिष्ठमा कसैलाई पनि खुलेर बोक्ने पक्षमा छैनन्। ढकालले एशोसिएटमा भरत आचार्यका लागि सहयोग हुने गरी कुनै एकलाई सहयोग गर्न सक्ने वातावरण बन्दै गएको एक व्यवसायीले बताए। रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ अहिलेसम्म अलमलमै रहेका छन्।


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend