काठमाडौं- विश्व प्रसिद्ध एक्साइड ब्रान्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ।
सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ प्रालिले यसको बिक्री सुरु गरेको हो। नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले भरिएको दाबी कम्पनीको छ।
कम्पनीका अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधिजस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन। फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको कम्पनीको भनाइ छ।
यसैगरी ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाइ टाढा राख्ने दाबी कम्पनीले गरेको छ।
एक्साइड ब्रान्डको नेपालस्थित एक मात्र बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरै भन्दा धेरै ग्राहकहरुको पहिलो रोजाइ बनी बजारको उल्लेखनीय हिस्सा ओगट्नेमा विश्वस्त छ।