शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख १८ सय कायम 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
images
images
८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख १८ सय कायम 

शुक्रबार सुनको मूल्य ८ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- साताको अन्तिम कारोबारमा सुनको मूल्यमा वृद्धि भएको छ। 

images
images
images

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ८ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख एक हजार ८ सय र तेजाबी सुनको मूल्य एक लाख एक हजार ३ सय रूपैयाँ कायम छ। 

images
images

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँचसय रूपैयाँ कायम थियाे। मंगलबारको तुलनामा बुधबार प्रतितोला एक हजार रूपैयाँले सस्तिएको सुन बिहीबार पाँचसय रूपैयाँले घटेको हो। दुई दिनमा १५ सय रूपैयाँको गिरावट आएको सुनको मूल्य शुक्रबार पुन: बढेको हो। 

images
images
images

मंगलबार छापावाल सुन एक लाख दुई हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो भने बुधबार एक लाख एक हजार पाँचसय रूपैयाँ कायम थियो। तेजाबी सुनको मूल्य बुधबार एक लाख एक हजार तोकिएको थियो, जसको मूल्य मंगलबार एक लाख दुई हजार कायम थियो।

चाँदीको मूल्य भने आज स्थिर छ। बिहीबार एक हजार दुईसय २० रूपैयाँ कायम भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend