बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्कासन तथा बिक्री खुला गरेको हो।

काठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिसेयर एकसय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर निष्कासन गरेको छ। यसअघि  कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब ३३ करोड २४ लाख रूपैयाँको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँचसय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन र बाँडफाँट गरेको थियो।

त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौसय ३७ कित्ता सेयर सामूहिक लगानी कोषलाई निष्कासन र बाँडफाँट गरिएको छ। निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० सम्म आवेदन खुला रहने छ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदको आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०४:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend