मंगलबार, वैशाख ११ गते २०८१    
images
images

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड

images
बिजनेस न्युज
images
images
पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड
images
images

मुस्ताङ- पोखरा र मुस्ताङबीच पर्यटन विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ। मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको उल्लेख गर्दै दुई जिल्लाबीचमा व्यावसायिक साझेदारी हुनुपर्ने आवश्यकता औँल्याइएको हो।

images
images
images

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) द्वारा मुस्ताङमा आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताए।

images

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले पोखराबाट मुस्ताङ पर्यटकीय रुपमा लाभान्वित बन्दै आएको बताउँदै साझेदारीका माध्यमबाट दुवै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्ने बताइन्।

images

'मुस्ताङका स्थानीयवासी ‘अतिथि देवो भवः’ को मन्त्रलाई सदैव आत्मसात गर्दै आएका छन्', उनले भनिन्, 'प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा मुस्ताङ महत्वपूर्ण पर्यटकीय गन्तव्य हो।'

images
images

पर्यटकीय विकाससँगै मुस्ताङका स्थानीयवासी उत्पादनसँग पनि जोडिने अभियान सुरु गरिएको बताउँदै उनले यहाँ उत्पादित अन्न, स्याउलगायत फलफूल आदिको प्रशोधन गर्ने काय पनि सुरु गरिएको बताइन्।

घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले यस क्षेत्रको पर्यटकीय प्रवर्द्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताए। प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवं सांस्कृतिक रुपमा यहाँको महत्व रहेको बताउँदै उनले पर्यटन लक्षित योजनालाई अघि बढाउन लागिएको बताए। 

व्यवसायी आनन्दराज मुल्मीले मुस्ताङ गण्डकी प्रदेशको गहना भएको बताउँदै यो धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गरे। बौद्ध धर्मगुरु पद्मसम्भवले यहीबाट बौद्ध धर्मको प्रचारप्रसार गरी त्यसले विश्वव्यापी स्थान लिए पनि हामीहरूले त्यसको प्रचारप्रसार गर्न नसकेको उनले बताए। विभिन्न सांस्कृतिक मेला तथा महोत्सव पनि मुस्ताङको मौलिकता भएको भन्दै उनले यसको प्रवर्द्धन जरुरी रहेको बताए। 'मुस्ताङको दीगो पर्यटकीय विकासका लागि यहाँका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा जोगाउनु आवश्यक छ', मुल्मीले भने।
 
पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आइसकेका अवस्थामा मुस्ताङका उत्पादनलाई विश्व बजारमा पुर्‍याउने गरी लाग्नुपर्ने बताए।

टेवानका अध्यक्ष कमला गिरीले पोखरा र मुस्ताङको पर्यटकीय सम्बन्ध बढाउनकै लागि मुस्ताङमा प्रवर्द्धनात्मक कार्यक्रम ल्याइएको बताइन्। कार्यक्रमकै अवसरमा मुस्ताङका युवा तथा महिला पर्यटन व्यवसायीलाई लक्षित गरी क्षमता अभिवृद्धि एवं डिजिटल मार्केटिङ तालिम आयोजना गरिएको बताउँदै उनले यसबाट अधिकतम फाइदा लिन आग्रह गरिन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले पर्यटनको विकासका लागि उत्पादन, प्रवर्द्धन र बजारीकरण आवश्यक भएको बताए। मुस्ताङका मौलिक संस्कार र संस्कृतिको प्रवर्द्धन जरुरी रहेको बताउँदै उनले पर्यटकका बसाइ अवधि लम्ब्याउनका लागि पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने बताए। 'मुस्ताङमा हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बी पर्यटक तान्न सकिने विविधतायुक्त स्थान हो, यसलाई लक्षित गरी प्रवर्द्धनमा जोड दिनु आवश्यक छ', उनले भने। 

घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा थकालीले पोखरा र मुस्ताङको पर्यटकीय साझोदारीले दुवैलाई अधिकतम फाइदा पुग्ने बताउँदै त्यसका लागि एकआपसमा सहकार्य र समन्वय आवश्यक भएको बताइन्। कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको टोलीले शुक्रबार नेपाल चीनबीचको कोरला नाका पुगी फर्कने कार्यक्रम रहेको जानकारी गराइन्। रासस

images

प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०४:४०
प्रतिक्रिया दिनुहोस