सोमबार, असोज ८ गते २०८०    

श्री एयरको नियमित उडान प्रतिबन्ध, 'उडान योग्य जाँच'पछि अर्को निर्णय हुने

images
श्री एयरको नियमित उडान प्रतिबन्ध, 'उडान योग्य जाँच'पछि अर्को निर्णय हुने
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिरकणले निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरको सबै उडान निलम्बन गर्ने निर्णय गरेको छ।

images

प्राधिकणलेको सेफ्टी विभागले जहाज उडानकै क्रममा इन्जिनमा आगो लागेपछि तत्काललाई श्रीले गर्ने नियमित उडानमा प्रतिबन्ध लगाउन निर्णय गरेको हो।

images

बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि चालक दलका सदस्य सहित ७८ यात्रु लिएर उडेको जहाजको इन्जिनमा फायरको समस्या देखिएपछि काठमाडौं विमानस्थलमै सुरक्षित अवतरण गरिएको थियो।

images

उक्त घटनालाई लिएर एयरलाइन्सका सबै जहाजको उडान योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडान गर्न दिने गरी उडानमा प्रतिबन्ध लगाउने निर्णय प्राधिकरणले बिहीबार नै गरेको हो।

images

प्राधिकरणले गरेको निर्णयका बारेमा एयरलाइन्सलाई कुनै जानकारी नआएको एयरका प्रवक्ता अनिल मान्नधरले बताए।

images

प्रकाशित : बिहीबार , फागुन २५ २०७९१०:५६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ