बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

श्री एयरको नियमित उडान प्रतिबन्ध, 'उडान योग्य जाँच'पछि अर्को निर्णय हुने

बिहीबार , फागुन २५ २०७९
श्री एयरको नियमित उडान प्रतिबन्ध, 'उडान योग्य जाँच'पछि अर्को निर्णय हुने

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिरकणले निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरको सबै उडान निलम्बन गर्ने निर्णय गरेको छ।

प्राधिकणलेको सेफ्टी विभागले जहाज उडानकै क्रममा इन्जिनमा आगो लागेपछि तत्काललाई श्रीले गर्ने नियमित उडानमा प्रतिबन्ध लगाउन निर्णय गरेको हो।

बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि चालक दलका सदस्य सहित ७८ यात्रु लिएर उडेको जहाजको इन्जिनमा फायरको समस्या देखिएपछि काठमाडौं विमानस्थलमै सुरक्षित अवतरण गरिएको थियो।

उक्त घटनालाई लिएर एयरलाइन्सका सबै जहाजको उडान योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडान गर्न दिने गरी उडानमा प्रतिबन्ध लगाउने निर्णय प्राधिकरणले बिहीबार नै गरेको हो।

प्राधिकरणले गरेको निर्णयका बारेमा एयरलाइन्सलाई कुनै जानकारी नआएको एयरका प्रवक्ता अनिल मान्नधरले बताए।


प्रकाशित : बिहीबार , फागुन २५ २०७९१७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend