मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

बुद्ध एयरले एकैपटक चार गन्तव्यबाट सुरु गर्‍यो पोखरा विमानस्थलमा रात्रिकालीन उडान

images
बिहीबार , फागुन २५ २०७९
images
images
बुद्ध एयरले एकैपटक चार गन्तव्यबाट सुरु गर्‍यो पोखरा विमानस्थलमा रात्रिकालीन उडान
images
images

काठमाडौं- निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ। बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा, भद्रपुर विमानस्थलबाट एक, भैरहवा विमानस्थलबाट एक र नेपालगञ्ज विमानस्थलबाट एक उडान गरेको हो।

images
images
images

एयरका अनुसार भद्रपुरबाट राति पोखरा आएको जहाज विमान भद्रपुर फर्कने छ। यसैगरी नेपालगञ्ज र भैरहवाबाट राति आएको जहाज पनि बिहान सोही गन्तव्यमा फर्कने छ भने काठमाडौंबाट गएको जहाज काठमाडौं फर्कनेछ।

बुद्ध एयरले काठमाडौंलाई वेस बनाएर माउन्टेन, भद्रपुर, विराटनगर, तुम्लिङटार, सिमरा, राजविराज, जनकपुर, भरतपुर, भैरहवा, सुर्खेत, नेपालगञ्ज र पोखरामा उडान गरिरहेको छ। बुद्ध एयरसँग सबै एटीआर जहाज छन्। 

images


प्रकाशित : बिहीबार , फागुन २५ २०७९१५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend