बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ऋणको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ऋणीलाई राहत

बचतको ब्याजदर पनि घट्ने

बिहीबार , फागुन २५ २०७९
ऋणको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ऋणीलाई राहत

काठमाडौं- नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। संघको बिहीबार बिहान बसेको बैठकले चैत १ गतेबाट लागु हुनेगरी ब्याजदर घटाउने निर्णय गरेको हो।

संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए। अब माघ र चैतको एकैपटक समायोजन हुँदा ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने अध्यक्ष केसीले बताए। 

अहिले बचतको ब्याजदर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। संघको निर्णयसँगै ६ देखि ८ प्रतिशत कायम हुनेछ।

बैंकहरुले गत माघमा ब्याजदर घटाएका थिए। १२.१३३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए।

बैशाखदेखि प्रिमियम पनि घट्ने अध्यक्ष केसीले बताए। संघले मुद्दती निक्षेपको ब्याजदर भने यथावत् राख्ने निर्णय गरेको छ।

ऋणको प्रिमियम पनि बैंकले घटाएका छन्। अब आधारदरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। 


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend